टेलिग्रामका संस्थापक फ्रान्समा पक्राउ, इलोन मस्कको कडा आपत्ति | Khabarhub Khabarhub

टेलिग्रामका संस्थापक फ्रान्समा पक्राउ, इलोन मस्कको कडा आपत्ति


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

म्यासेजिङ एप टेलिग्रामका अर्बपति संस्थापक एवम् सीईओ पावेल डुरोभलाई शनिबार फ्रान्समा पक्राउ गरिएको छ ।

शनिबार साँझ पेरिसबाहिर बर्गेट विमानस्थलबाट ३९ वर्षीय उनलाई पक्राउ गरिएको हो । यो जानकारी फ्रान्सेली सञ्चारमाध्यमले दिएका छन् ।

समाचार अनुसार उनी पक्राउ पर्नुको कारण टेलिग्राममा मोडरेटरमा भएको कमीलाई लिएर भएको हो । तर यसबारेमा टेलिग्रामले पनि औपचारिक रुपमा कुनै वक्तव्य दिएको छैन ।

पुलिसले टेलिग्राममा मोडरेटरको समस्याका कारण म्यासेजिङ एपमार्फत आपराधिक गतिविधि निर्वाच चलिरहेको आरोप लगाएको छ ।

फ्रान्सेली गृह मन्त्रालय र पुलिसलेसमेत औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । रूसको विदेश मन्त्रालय यो प्रकरणबारे स्पष्ट गर्न आवश्यक कदम चालिएको जनाएको छ । रुसी मन्त्रालयले पश्चिमी गैर-सरकारी संगठनले उनको रिहाइको आवाज उठाउन सक्ने जनाएको छ ।

सन् २०२२ मा रूसले युक्रेनमाथि हमला गरेपछि टेलिग्राम युद्ध राजनीतिलाई लिएर दुवै पक्षले सम्प्रेषण गरेका भिडियो र फोटोसहितका सामग्री बिनापरीक्षण राखेपछि चर्चामा आएको थियो । युक्रेनका राष्ट्रपति भ्लोलोदिमीर जेलेन्स्की र उनका अधिकारीका लागि यो एप सञ्चारको सबैभन्दा प्रमुख माध्यम हो । अर्कातिर रुसी सरकार पनि यसलाई प्रयोग गर्छ ।

टेलिग्राम विश्वभरमा सबैभन्दा धेरै प्रयोग गरिने म्यासेजिङ एप हो । पावेल डुरोभले सन् २०१३ मा यसको स्थापना गरेका थिए । यस एपका करिब ९०० मिलियन सक्रिय प्रयोगकर्ता छन् । ‘फोर्ब्स’का अनुसार डुरोभसँग कुल १५.५ बिलियन डलरको सम्पत्ति छ। उनको गिरफ्तारीपछि कयौँ रूसी ब्लगरहरूले फ्रान्सेसली दूतावासमा विरोध प्रदर्शन गरेका छन् ।

यसअघि पनि उनले दु:ख पाएका थिए । सूचना नदिएको आरोपमा रुसी सरकारले सन् २०१८ मा टेलिग्राम बन्द गरिदिएको थियो । टेलिग्राम अहिले यूएईबाट सञ्चालित छ । दुरोभले केही समयअघि मात्रै आफूलाई अमेरिका र रसिया दुवैबाट सुरक्षा चुनौती रहेको उल्लेख गरेका थिए ।

दुरोभलाई पक्राउ गरेर फ्रान्समा २० वर्षका लागि जेलमा हाल्ने तयारी भएपछि ट्विटरकमा मालिक इलोन मस्कले कडा शब्दमा निन्दा गरेका छन् । उनले युरोपमा अहिले नै २०३० चलेको बताउँदै एउटा मिमलाई मन पराउँदैमा फाँसी दिन थालिएको भन्दै उनले कटाक्ष गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ३ : १७ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय