विराटनगरका लागि उडेको बुद्धको जहाज झापाको चन्द्रगढी पुग्यो « Khabarhub

विराटनगरका लागि उडेको बुद्धको जहाज झापाको चन्द्रगढी पुग्यो

कोशीका मुख्यमन्त्री कार्की पनि थिए सवार


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

मोरङ- काठमाडौंबाट विराटनगरका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसमेत सवार बुद्ध एयरको जहाज झापाको चन्द्रगढी पुगेको छ ।

आइतबार दिउँसो विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि बुद्धको उक्त जहाज झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरेको हो ।

बुद्ध एयरको ७०५ विमान विराटनगरको मौसम बिग्रिएपछि भद्रपुरमा आकस्मिक अवतरण गरेको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख किशोर कुमार खत्रीले बताए ।

आइबार दिउँसो साढे २ बजे चन्द्रगढीमा अवतरण भएको विमान मौसममा सुधार भएपछि विराटनगरतर्फ गएको छ ।

विमानमा चालक दलसहित ७० जना यात्रु थिए । विमान आधा घण्टापछि विराटनगरमा अवतरण भइसकेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ५ : २० बजे

विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै

एजेन्सी– युरोपेली सङ्घअन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरहरूको सतही

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

 काठमाडौं– सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

गोरखा– मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हीरक जयन्ती

राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले होर्मुजको जलक्षेत्रमा इरान र

टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा– गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज बिहान यात्रुबाहक बस