धिरजसँगको प्रेम प्रसङ्गले लर्बराइन्‌ उपासना ! « Khabarhub

धिरजसँगको प्रेम प्रसङ्गले लर्बराइन्‌ उपासना !


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असोज ३ बाट प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’ मा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी शीर्ष भूमिकामा छन्  ।

धिरज र उपासनाको यो पहिलो सहकार्य हो । प्रदर्शन मिति नजिकिँदै गर्दा यो रिल जोडी ‘रियल’ हो भन्ने चर्चा चल्न थालेको छ ।

कमलपोखरीस्थित एक हलमा आइतबार फिल्मको गीत सार्वजनिक कार्यक्रममा पनि उनीहरूको प्रेम सम्बन्धको चर्चाले स्थान पायो ।

छायाङ्कन दौरान धिरजसँग खिचेका प्रेमिल तस्बिर उपासनाले सामाजिक सन्जाल राखेपछि उनीहरू ‘प्रेम सम्बन्धमा हुन् कि ?’ भन्ने अनुमान सुरु भएको हो । उपासनाले धिरजसँग खिचेका प्रेमिल भावका थुप्रै तस्बिर सार्वजनिक गरेकी थिइन्‌ ।

कार्यक्रममा धिरज र उपासना सँगै भएपछि यसबारे प्रश्न यसबारे प्रश्न उठ्ने भइहाल्यो । तर, जवाफ दिने क्रममा भने उपसानको बोली लर्बरायो । उपासना लर्बराएपछि उनीहरूबीच प्रेम सम्बन्ध ‘हो कि’ भनी अनुमान लगाउनेलाई थप खुराक थपियो ।

धिरज र उपासना । तस्बिर स्रोत : उपासनाको सामाजिक सञ्जाल

‘फोटोका कारण तपाईंहरू निकटलाई धिरज–उपसनाको खास कुरा के हो भनी प्रश्न गर्न थालिएको रहेछ’ भन्ने प्रश्नमा उपासनाले असहमति जनाइनन् ।

ती तस्बिर सार्वजनिक गर्नुका पछाडि फिल्म प्रचारको उद्देश्य नभएको समेत उनको दाबी छ ।

यद्यपि उनले फोटोबारे दिएको स्पष्टीकरण यस्तो थियो, ‘यो फिल्मका प्रायः कलाकारहरू हामी एउटै उमेर समूहका छौं । हामी सबै साथीहरू सुटिङमा निकट भयौं । त्यही भएर केही तस्बिरहरू लिएका हौं ।’

यति बोलेर भनेर उनी लर्बराइन्‌ । अनि भनिन्, ‘बोल्नै आएन !’ ‘सतही चर्चामा जस्तो प्रेम सम्बन्धमा रहेको होइन’ भन्ने आशयको जवाफ उपासनाको थियो ।

छेउमै रहेका धिरज यो प्रसङ्गमा घुस्न चाहेनन् । अब उनीहरूले नै स्वीकार नगरेसम्म र आधिकारिक नबोलेसम्म यो गसिपमै सीमित रहनेछ ।

यस्तो बन्यो फिल्म ‘खुस्मा’को टिजर 

यद्यपि उपासना नायक धिरजसँग सहकार्य गर्न निकै इच्छुक थिइन् । यो कुरा उनले फिल्म छायाङ्कनमा जानुअघि नै बताइएकी थिइन् ।

पहिलो सहकार्यमा धिरज आफूले अपेक्षा गरेको भन्दा उत्तम पाएको उनले बताइन् । सोही कारण निकटता पनि बढेपछि उनीहरू एक अर्कोलाई ‘खुस्मा’कै भूमिकाको नामले बोलाउँछन् रे ! यो कुरा उपसनाले नै सुनाएकी हुन् ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ५ : ५९ बजे

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।

जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक