धिरजसँगको प्रेम प्रसङ्गले लर्बराइन्‌ उपासना ! | Khabarhub Khabarhub

धिरजसँगको प्रेम प्रसङ्गले लर्बराइन्‌ उपासना !


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असोज ३ बाट प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’ मा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी शीर्ष भूमिकामा छन्  ।

धिरज र उपासनाको यो पहिलो सहकार्य हो । प्रदर्शन मिति नजिकिँदै गर्दा यो रिल जोडी ‘रियल’ हो भन्ने चर्चा चल्न थालेको छ ।

कमलपोखरीस्थित एक हलमा आइतबार फिल्मको गीत सार्वजनिक कार्यक्रममा पनि उनीहरूको प्रेम सम्बन्धको चर्चाले स्थान पायो ।

छायाङ्कन दौरान धिरजसँग खिचेका प्रेमिल तस्बिर उपासनाले सामाजिक सन्जाल राखेपछि उनीहरू ‘प्रेम सम्बन्धमा हुन् कि ?’ भन्ने अनुमान सुरु भएको हो । उपासनाले धिरजसँग खिचेका प्रेमिल भावका थुप्रै तस्बिर सार्वजनिक गरेकी थिइन्‌ ।

कार्यक्रममा धिरज र उपासना सँगै भएपछि यसबारे प्रश्न यसबारे प्रश्न उठ्ने भइहाल्यो । तर, जवाफ दिने क्रममा भने उपसानको बोली लर्बरायो । उपासना लर्बराएपछि उनीहरूबीच प्रेम सम्बन्ध ‘हो कि’ भनी अनुमान लगाउनेलाई थप खुराक थपियो ।

धिरज र उपासना । तस्बिर स्रोत : उपासनाको सामाजिक सञ्जाल

‘फोटोका कारण तपाईंहरू निकटलाई धिरज–उपसनाको खास कुरा के हो भनी प्रश्न गर्न थालिएको रहेछ’ भन्ने प्रश्नमा उपासनाले असहमति जनाइनन् ।

ती तस्बिर सार्वजनिक गर्नुका पछाडि फिल्म प्रचारको उद्देश्य नभएको समेत उनको दाबी छ ।

यद्यपि उनले फोटोबारे दिएको स्पष्टीकरण यस्तो थियो, ‘यो फिल्मका प्रायः कलाकारहरू हामी एउटै उमेर समूहका छौं । हामी सबै साथीहरू सुटिङमा निकट भयौं । त्यही भएर केही तस्बिरहरू लिएका हौं ।’

यति बोलेर भनेर उनी लर्बराइन्‌ । अनि भनिन्, ‘बोल्नै आएन !’ ‘सतही चर्चामा जस्तो प्रेम सम्बन्धमा रहेको होइन’ भन्ने आशयको जवाफ उपासनाको थियो ।

छेउमै रहेका धिरज यो प्रसङ्गमा घुस्न चाहेनन् । अब उनीहरूले नै स्वीकार नगरेसम्म र आधिकारिक नबोलेसम्म यो गसिपमै सीमित रहनेछ ।

यस्तो बन्यो फिल्म ‘खुस्मा’को टिजर 

यद्यपि उपासना नायक धिरजसँग सहकार्य गर्न निकै इच्छुक थिइन् । यो कुरा उनले फिल्म छायाङ्कनमा जानुअघि नै बताइएकी थिइन् ।

पहिलो सहकार्यमा धिरज आफूले अपेक्षा गरेको भन्दा उत्तम पाएको उनले बताइन् । सोही कारण निकटता पनि बढेपछि उनीहरू एक अर्कोलाई ‘खुस्मा’कै भूमिकाको नामले बोलाउँछन् रे ! यो कुरा उपसनाले नै सुनाएकी हुन् ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ५ : ५९ बजे

एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

नयाँदिल्ली – विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क

स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र

आजका समाचार : सडकमा निस्किए विप्लव, साथ नदिनेसँग बदला लिँदै माधव, कांग्रेशमा महाधिवेशन विवाद सुल्झिएन र आरसीबीलाई बेच्ने तयारी

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी

नेपाल-भारत स्टार्टअप पार्टनरसीप नेटवर्कसम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं– यहाँस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना गर्न लागेको भारत–नेपाल

‘चीनले समुद्री विवादबारे भ्रमपूर्ण भनाइको दृढतापूर्वक प्रतिरोध गर्छ’

बेइजिङ– चीनले समुद्री विवादसम्बनधी झूटा भनाइहरू फैलाउने र चीनमाथि आधारहीन