चुनावतिर एकीकृत समाजवादी : १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि मंगलबार मतदान | Khabarhub Khabarhub

चुनावतिर एकीकृत समाजवादी : १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि मंगलबार मतदान


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि निर्वाचन गर्ने भएको छ। 

गत असार १६-२० सम्म काठमाडौंमा दशौँ महाधिवेशन गरेको समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्य छान्न मिनी निर्वाचन गर्न लागेको हो ।

महाधिवेशनबाटै पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय सदस्य टुंग्याउन नसकेको समाजवादीले मंगलबार अर्को चुनाव गर्न लागेको हो । यद्यपि महाधिवेशनबाट अध्यक्षमा दोहोरिएका नेपालले केन्द्रीय नेतृत्व सर्वसम्मत छानिको घोषणा प्रज्ञा भवनबाट गरेका थिए ।

तर उनको घोषणाविपरीत अब केन्द्रीय नेतृत्वका दुई तहमा समाजवादीले निर्वाचन गर्न लागेको हो । आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र पोलिटब्यूरो सदस्य टुङ्गो लगाउन नसकेपछि निर्वाचनको बाटो रोजिएको हो । 

मंगलबार बिहान ७ बजेदेखि एकीकृत समाजवादीको बैठक बस्ने तालिका छ । त्यसपछि दिउँसो २ बजेदेखि मतदान हुने पार्टी केन्द्रीय सदस्य आरती लामाले खबरहबलाई जानकारी दिइन्। 

उनका अनुसार सहमति नजुटेपछि केन्द्रीय सदस्यहरूले भोट हाल्ने गरी निर्वाचन हुन लागेको हो। वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने केन्द्रीय सदस्य सुदेश पराजुली बताउँछन् । 

पराजुलीका अनुसार सबैले चुनावमा जाँदा राम्रो हुने कुरा राखेपछि केन्द्रीय नेतृत्व पनि चुनावी  प्रक्रिया थाल्न तयार भएको हो । 

गत असार २० गते एकीकृत समाजवादीको अध्यक्षमा नेपाल  दोहोरिएका थिए । यस्तै झलनाथ खनाललाई सम्मानित नेतामा यथावत् गरिएको थियो । 

घनश्याम भुसाल महासचिवमै दोहोरिएका थिए ।  त्यसपछि अन्य पदाधिकारी टुंग्याउन समाजवादी नेतृत्व असफल भएको हो । 

अध्यक्ष पदमा नेपाल दोहोरिने भएपछि वरिष्ठ उपाध्यक्ष पद आफूहरूले पाउनुपर्ने अडान खनाल र भुसाल समूहले राखेको छ ।

एकीकृत समाजवादीमा २१ सदस्यीय पदाधिकारी  रहने व्यवस्था छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ६ : ४५ बजे

भयरहित वातावरणमा निर्वाचन हुने सुनिश्चिता गर्न संसदीय समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आसन्न प्रतिनिधिसभाको

‘माओवादीसँग चुनावी गठबन्धन र एमालेसँग सत्ता सहकार्य गर्नु कांग्रेसको गल्ती थियो’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रश्न उठाइसकेपछि निर्णायक हस्तक्षेप

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको

रवि र छविको मुद्दामा आएन आदेश, मिसिल झिकाउने इजलासको निर्णय

काठमाडौं- उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

इजरायलद्वारा वेस्ट ब्यांकबाट २५ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बिहीबार वेस्ट ब्यांकबाट २५