मकवानपुरमा दुई शव फेला | Khabarhub Khabarhub

मकवानपुरमा दुई शव फेला


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज दुईको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका–१ र वडा नम्बर १० मा एकरएक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

बिहान जिल्लाको हेटौँडा–१, स्थित पाथिभरा मन्दिर नजिकै स्थानीय ७० वर्षीया ठूलीमाया विक मृत अवस्थामा फेला परेका थिए ।

विक आफू सुत्ने कोठामा दुवै कानबाट रगत बगेको अवस्थामा मृत भेटिएकी हुन् । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि उनकै नातिलाई नियन्त्रणमा लिएर घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

हेटौँडा–१०, बसपार्कस्थित रत्ना होटलमा हेटौँडा–११ बस्ने अन्दाजी २३ वर्षीया एलिसा न्यौपाने मृत अवस्थामा भेटिएकी छन् । आइतबार साँझ ५ बजे समयमा उक्त होटलको २०५ नम्बरको कोठामा बस्न आएकी उनी आज बिहान मृत भेटिएकी हुन् ।

न्यौपानेसँगै अन्दाजी ३० वर्षीय एक पुरुष पनि आएर उक्त होटलमा बसेका थिए । तर, ती पुरुष भने राति ९ बजे नै कोठाबाट निस्किएर गएको र ती युवती आज बिहान अबेरसम्म पनि ननिस्किएपछि होटल सञ्चालक नवीन रानामगरले प्रहरीलाई जानकारी गराएका थिए ।

प्राप्त जानकारी लगत्तै पुगेको प्रहरी टोलीले खाटमाथि सिरकले मुख छोपिएको अवस्थामा न्यौपानेको शव फेला परेको बताइएको छ । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ७ : ५१ बजे

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय