इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु « Khabarhub

इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजा सहरको समुद्री तटमा एक भेलामा इजरायली हवाई आक्रमणमा सोमबार कम्तीमा सात प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले बताएका छन् ।

इजरायली ड्रोनले प्यालेस्टिनीहरूको भेलालाई निशाना बनाउँला सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्रोतहरूले सिन्ह्वालाई बताएका छन् । इजरायली सेनाले कथित आक्रमणबारे कुनै टिप्पणी गरेको छैन ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिन–इजरायली द्वन्द्व सुरु भएदेखि पछिल्लो २४ घण्टामा इजरायली सेनाबाट ३० जनाको मृत्यु भएको र अन्य ६६ जना घाइते भएका छन् ।

यसबाट कूल मृत्यु हुनेको सङ्ख्या ४० हजार चार सय ३५ पुगेको र ९३ हजार पाँच सय ३४ घाइते भएका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्दै जाँदा गाजा पट्टीका प्यालेस्टिनीहरूले बढ्दो गम्भीर मानवीय सङ्कटको सामना गरिरहेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १० : ४२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका