रास्वपा केन्द्रीय समिति बैठक बस्दै, मुकुलको साधारण सदस्यता के होला ? « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, मुकुलको साधारण सदस्यता के होला ?


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

आजको बैठकमा यसअघि पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका डा. मुकुल ढकालमाथि अनुशासनको कारबाहीबारे छलफल हुने बुझिएको छ ।

रास्वपाले दोस्रो पटक स्पष्टीकरण सोधिएका डा. ढकाललाई साधारण सदस्यबाट पनि हटाउने विषयमा छलफल गर्न लागेको हो ।

ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ । गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको थियो ।

पार्टीको आन्तरिक प्रतिवेदनमाथि मिडियामा सार्वजनिक गरेको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो ।

उनलाई गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।

आजको बैठकमा आगामी असोजमा हुने, राष्ट्रिय भेला छाया सरकार सञ्चालन कार्यविधि, सङ्गठन सुदृढीकरण र विस्तार लगायत समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

रास्वपाले आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ७ : ४३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन