पार्टीबाट निकालिएपछि मुकुलको आक्रोश- रवि लामिछाने नैतिक रुपमा पतीत पात्र हुन् « Khabarhub

पार्टीबाट निकालिएपछि मुकुलको आक्रोश- रवि लामिछाने नैतिक रुपमा पतीत पात्र हुन्

रविले पार्टीको साधारण सदस्यबाटै राजीनामा दिनुपर्ने जिकिर


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्यबाटै निष्कासित गरिएका तत्कालीन महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई नैतिक रुपमा पतितको संज्ञा दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेपछि ढकालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफूलाई रवि लामिछाने क्लबबाट मात्रै निष्कासित गरिएको तर्क गर्दै रास्वपाबाट निष्कासन गर्ने कुनै अधिकार नरहेको पनि जिकिर गरेका छन् ।

‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ’, उनले भने, ‘नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ ।’

ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आमजनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेका जिकिर गरे । ‘आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी रविले राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्‍याउने दुस्साहस गर्दै छन्’, उनले भनेका छन्, ‘सम्बन्धित निकायको ध्यान जाओस् । फेरि पनि नैतिकरूपले पतित रविलाई नैतिकताकै प्रश्न, अनुसन्धानमा रहेको विषयउपर भ्रम छर्न नलाग्नुस्, एउटा पूर्वगृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १२ : ४५ बजे

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष

भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

काठमाडौं– भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन