पार्टीबाट निकालिएपछि मुकुलको आक्रोश- रवि लामिछाने नैतिक रुपमा पतीत पात्र हुन् « Khabarhub

पार्टीबाट निकालिएपछि मुकुलको आक्रोश- रवि लामिछाने नैतिक रुपमा पतीत पात्र हुन्

रविले पार्टीको साधारण सदस्यबाटै राजीनामा दिनुपर्ने जिकिर


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्यबाटै निष्कासित गरिएका तत्कालीन महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई नैतिक रुपमा पतितको संज्ञा दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेपछि ढकालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफूलाई रवि लामिछाने क्लबबाट मात्रै निष्कासित गरिएको तर्क गर्दै रास्वपाबाट निष्कासन गर्ने कुनै अधिकार नरहेको पनि जिकिर गरेका छन् ।

‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ’, उनले भने, ‘नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ ।’

ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आमजनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेका जिकिर गरे । ‘आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी रविले राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्‍याउने दुस्साहस गर्दै छन्’, उनले भनेका छन्, ‘सम्बन्धित निकायको ध्यान जाओस् । फेरि पनि नैतिकरूपले पतित रविलाई नैतिकताकै प्रश्न, अनुसन्धानमा रहेको विषयउपर भ्रम छर्न नलाग्नुस्, एउटा पूर्वगृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १२ : ४५ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको