क्यानडाले विदेशी श्रमिकको संख्या घटाउने « Khabarhub

क्यानडाले विदेशी श्रमिकको संख्या घटाउने


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडाले विदेशी श्रमिकको संख्या घटाउने घोषणा गरेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले सरकारले देशमा कम पारिश्रमिक र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउन लागेको घोषणा गरेका हुन् ।

ट्रुडोले अब क्यानाडाली व्यवसायहरूले घरेलु कामदार र युवाहरूमा लगानी गर्ने समय आएको बताउँदै अहिले श्रम बजारमा परिवर्तन आएको बताएका छन् । उनले भनेका छन्- ‘हामी क्यानडामा आउने कम ज्याला, अस्थायी विदेशी कामदारहरूको संख्या घटाउँदैछौँ । श्रम बजार परिवर्तन भएको छ। अब हाम्रो व्यवसायहरूले क्यानाडाली कामदार र युवाहरूमा लगानी गर्ने समय हो ।’

क्यानडा बढ्दो जनसंख्याको समस्यासँग जुधिरहेको बेला यो कदम चालिएको हो । यो समस्याले आवास र स्वास्थ्य सेवा जस्ता सार्वजनिक सेवामा दबाब परेको अर्थविद्हरू बताउँछन् । संघीय तथ्याङ्कका अनुसार गत वर्ष क्यानडाको जनसङ्ख्या वृद्धि हुनुको सबैभन्दा ठूलो कारण अध्यागमन थियो ।

ट्रुडो र उनको सरकार देशमा सेवा र आवास निर्माण जस्ता सुविधाहरू नबढाई अध्यागमनलाई बढवा दिएकोमा आलोचना भइरहेको छ । जबकि पछिल्लो दुई महिनामा क्यानडाको बेरोजगारी दर बढेर ६.४ प्रतिशत पुगेको छ । यसको अर्थ देशभर करिब १४ लाख मानिस बेरोजगार रहेका छन् । न्युजकारखानाबाट

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  २ : १२ बजे

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार)

स्थानीय तहबाटै प्यान कार्ड जारी

गोरखा– हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलो पटक स्थायी लेखा नंम्बर

द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार सञ्चालन गर्न आग्रह

नेपालगञ्ज– द्वन्द्वकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार सञ्चालनमा ल्याउन

दिक्तेलमा चित्र बनाउँदै ललितकला क्याम्पसका विद्यार्थी

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण

विशेष महाधिवेशनमा सहभागिताका लागि जिल्ला कार्यसमितिको आह्वान

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्दै पार्टीको