प्रचण्डलाई रघुजीले भने- प्रधानमन्त्री गुमेपछि यति औ‍डाहा र छटपटी किन ? « Khabarhub

प्रचण्डलाई रघुजीले भने- प्रधानमन्त्री गुमेपछि यति औ‍डाहा र छटपटी किन ?


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्तले अचानक प्रधानमन्त्री पद गुमाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा छटपटी देखिएको बताएका छन् ।

मंगलबार प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा बोल्दै प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेमाथि आक्रमण गरेपछि जवाफमा पन्तले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री पद गएपछि यति औडाहा र छटपटी किन देखाएको ? हिजो तीनचोटी घरी यता घरी उता भनेर देशमा अस्थिरताको मानक स्थापित गर्ने को हो ?’, उनले भने, ‘प्रचण्डकै कारणले राजनीतिज्ञले नेपालमा विश्वास गुमाएका थिए । जनताले नक्कली र नक्कलेले लुगा फेरेको भन्दा छिटो प्रचण्डले गठबन्धन फेर्छन् भन्ने उक्ति नै बनेको थियो ।’

उनले प्रचण्डले कम्तीमा प्रमुख प्रतिपक्षी नेताको गरिमा जोगाउनुपर्ने बताए । ‘प्रतिपक्षी दलका अरु सांसद र नेताले सरकारको आलोचना गरिरहन्छन्, त्यो स्वभाविक हो । तर प्रचण्डले आफ्नो गरिमा जोगाउनुपर्छ’, उनले भने, ‘सरकारको आलोचना गर्न प्रमुख प्रतिपक्षी नेताले सय दिन कुर्न सक्नुपर्‍थ्यो तर प्रचण्डमा त्यो धेर्यता पनि देखिएन ।’

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : ०२ बजे

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले

बालुवाटारमा गगनले भने: जेन-जीको नाममा दिनदिनै आउने धम्की सहन सकिँदैन

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जीको नाममा राजनीतिक दलमाथि