अरुणिमा ‘कम ब्याक’ सिरिजको फर्स्ट लुक फोस्टर सार्वजनिक « Khabarhub

अरुणिमा ‘कम ब्याक’ सिरिजको फर्स्ट लुक फोस्टर सार्वजनिक


११ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका अरुणिमा लम्सालको कम ब्याकका रुपमा चर्चा बटुलेको वेबसिरिज ‘घर बट इन अमेरिका’को लुक पोस्टर सार्वजनिक गरिएको छ ।

सिरिजकका निर्देशक बिमलेश अधिकारीले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेका हुन् । उनले पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘यो विदेशबाट नेपाली कथा वाचनमा एउटा महत्त्वपूर्ण कोशेढुंगा हुनेछ । ..आगामी वेब सिरिजले विश्वभरका मनहरूलाई जोड्नेछ।’

यस सिरिजबाट कुनै समयको चर्चित अभिनेत्री अरुणिमा १० वर्षपछि अभिनयमा फर्किने भएकी छन् । यसमा अरुणिमासहित बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली, र रोजिना थापा लगायतका कलाकारहरूको प्रमुख भूमिका रहने छ ।

यस सिरिजको सम्पूर्ण छायांकन अमेरिकामा नै हुने बताइएको छ । अहिले पनि यसको छायांकन जारी रहेको निर्माण पक्षले बताएको छ ।

सिचुएसनल कमेडी-ड्रामा विधामा निर्माण भइरहेको यो सिरिजको लेखक विवेक चम्लागाईं हुन्।

सिरिज गोप्य लिभ-इन रिलेसनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको कथामा आधारित रहेको बताइएको छ ।

सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको हो। सिरिजमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइली सहायक निर्देशक जिम्मेवारीमा छन् ।

अबको केही दिनमा टिजर सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष रहेको बुझिएको छ ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ८ : ०१ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको