सशस्त्रमा ३० वर्षे हटाउन सर्वोच्चद्वारा अस्वीकार, डीआईजीसहित १८ अधिकृत अवकाशमा जाँदै « Khabarhub

सशस्त्रमा ३० वर्षे हटाउन सर्वोच्चद्वारा अस्वीकार, डीआईजीसहित १८ अधिकृत अवकाशमा जाँदै


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलमा कायम ३० वर्षे सेवा अवधि हटाउन अस्वीकार गरेको छ ।

सशस्त्रमा रहेको ३० वर्षे सेवा अवधि हटाउन मागसहित दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएको हो ।

यससँगै १६ भदौमा अवकाशमा जान लागेका अधिकृतहरूको पद थमौती नहुने निश्चित भएको छ ।

सशस्त्र प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवाअवधि लागु नगर्न माग गर्दै निवेदकहरूले अन्तरिम आदेश माग गरेका थिए । तर न्यायाधीश सारंगा सुवेदीको इजलासले कारण देखाऊ आदेश मात्रै जारी गरेको हो ।

सशस्त्रका १८ जना अधिकृतहरू ३० वर्षे सेवाअवधिका कारण यही १६ भदौदेखि अनिवार्य अवकाशमा जाँदैछन् । उनीहरूमध्ये डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले ३० वर्षे सेवाअवधिविरुद्ध सर्वोच्चमा रिट हालेका थिए ।

यस प्रकरणमा सर्वोच्चले सरकार सँग १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

यसअघि नेपाल प्रहरीका २१ जना प्रहरी अधिकृतले ३० वर्षे सेवाअवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

नेपाल प्रहरीका अधिकृतहरूको रिटमा भने सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले गत बिहीबार ३० वर्षे सेवाअवधिबाट अवकाशमा नपठाउन अन्तरिम आदेश दिएको थियो ।

तर नेपाल प्रहरीको सेवाअवधिकबारेको रिटमा अन्तरिम आदेश दिएको सर्वोच्चले सशस्त्रको हकमा अर्कै मापदण्ड अपनाउँदै आदेश दिएको छ ।

सर्वोच्चबाट अन्तरिम आदेश मिलेपछि १६ भदौदेखि अवकाशमा जान लागेका नेपाल प्रहरीमा रहेका ९० जना अधिकृतहरूको जागिर तत्काललाई थामिएको छ ।

नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि लागु नहुने गरी आदेश आएपछि सशस्त्र प्रहरी बलका अधिकृतले पनि यही आइतबार रिट हालेका थिए । तर सशस्त्रको हकमा सर्वोच्चले ३० वर्षे कायमै रहने गरी कारण देखाऊ आदेश दिएको हो ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ४ : ०९ बजे

सुकुम्वासीले १५ बुँदेमागसहित सार्वजनिक गरे देशव्यापी आन्दोलनका कार्यक्रम

काठमाडौं– नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी

सरकारलाई अर्को झट्का : देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने

भारतमा हिरासत केन्द्र स्थापनाको आदेशपछि चिन्ता वृद्धि

नयाँदिल्ली– भारतको पश्चिम बंगालमा कागजातविहीन बङ्गलादेशी नागरिक र रोहिङ्ग्या शरणार्थीलाई राख्न

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं– भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ

संक्रमणकालीन न्यायका विषय निष्कर्षमा पुराउन सरकार गम्भीर : कानुनमन्त्री

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संक्रमणकालीन