सम्पूर्ण देशभक्त शक्ति गोलबन्द हौँ : प्रभु साह « Khabarhub

सम्पूर्ण देशभक्त शक्ति गोलबन्द हौँ : प्रभु साह


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीले देशलाई विकास र समृद्धिको पथमा लैजान सम्पूर्ण नेपाली एकताबद्ध भएर  लाग्नुपर्ने आवश्यकता औँल्याएको छ ।

उक्त पार्टीको आजदेखि सुरु भएको दुई दिने केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा त्यसका लागि पार्टीको सङ्गठनात्मक क्षमतामा गुणात्मक विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

पार्टीद्वारा अघि सारिएका रूपान्तरणकारी एजेन्डा कार्यान्वयन गर्न सङ्गठन सुदृढीकरणको विकल्प नरहेको जनाउँदै परिवर्तनकारी जनता पहिचान गरी सङ्गठनमा गोलबन्द गर्नु आजको आवश्यकता आएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा संवैधानिक व्यवस्था, राजनीतिक नेतृत्वको चरित्र, राजनीतिक, आर्थिक, सामाजिक अवस्थाको विश्लेषण तथा पार्टीले अघि बढाइरहेका कार्यक्रमको समीक्षा, भ्रष्ट्राचारविरुद्धको आन्दोलन लगायतका विषयवस्तु समेटिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष प्रभु साहले राष्ट्र र राष्ट्रियता बलियो तुल्याउन सम्पूर्ण देशभक्त शक्तिलाई गोलबन्द हुन आह्वान गरे ।

उनले भने, ‘देशमा परिवर्तन चाहने शक्ति एवं पार्टीसँग सहकार्य गर्नुपर्छ, अग्रगामी सोच भएका दलसँग संवाद, सहकार्य र एकताको माध्यमबाट अघि बढ्न जरुरी छ ।’

बैठकमा समसामयिक राजनीति, मुलुकको अर्थतन्त्र, शिक्षक दरबन्दीलगायतका दलले विगतदेखि उठाउँदै आएका मुद्दाबारे पार्टीको धारणा समेटिएको विशेष प्रस्ताव पेस गरिएको छ । बैठकले मनसुनजन्य प्राकृतिक प्रकोप तथा विभिन्न  दुर्घटना भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ५ : १३ बजे

धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको विद्युत् मर्मत

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५

हर्क राई नेतृत्वको दार्चुला पुल निर्माणमा सामग्रीभन्दा प्रशासनिक खर्च बढी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)