प्रधानमन्त्रीको निर्देशन- १५ खर्बसम्म राजश्व उठाउन सकिन्छ, चुहावट रोकौँ « Khabarhub

प्रधानमन्त्रीको निर्देशन- १५ खर्बसम्म राजश्व उठाउन सकिन्छ, चुहावट रोकौँ


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजश्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा मंगलबार सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरी पैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्ने जस्ता गलत काम रोक्न  निर्देशन दिएका हुन् ।

उनले १५ खर्बसम्म राजश्व संकलन हुने अर्थतन्त्रको क्षमता भएकोले लक्ष्यअनुसार संकलन हुन के के गर्नुपर्छ, त्यस्को ठोस योजना ल्याउन आग्रह गरे ।

छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, आर्थिक तथा विकास  सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव लीलादेवी गड्तौला, गृह र अर्थ मन्त्रालयका सचिवहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, राजश्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकलगायत उपस्थित थिए ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ७ : १४ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,