प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त  « Khabarhub

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त 


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।

सिग्देलले गत साउन २४ गते नै नेपाली सेनाको कमाण्ड सम्हालेका थिए । तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मा बिदा बसेपछि सिग्देलको काँधमा सेनाको कमाण्ड आएको थियो ।

अवकाशअघि शर्मा बिदा बस्ने भएपछि सरकारले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी सिग्देललाई दिएको थियो ।

सेनाको सहायक सेनानी दर्जाबाट सेवा सुरु गरेका शर्मा ४१ वर्षसम्म कार्यरत रहेर प्रधानसेनापतिबाट अवकाशमा गएका थिए । भदौ २४ गतेदेखि पदावधिको हदले शर्मा अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १ : २७ बजे

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो