टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गरेका युवा पक्राउको विरोधमा उत्रियो रास्वपा « Khabarhub

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गरेका युवा पक्राउको विरोधमा उत्रियो रास्वपा


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही सोमाबर टुँडिखेलमा सत्तारुढ दलका शीर्ष नेताहरूविरुद्ध नाराबाजी गरेका युवालाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ ।

प्रतिनिधि सभा सदस्य हरि ढकालले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नेताहरूको विरोध गर्ने युवालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद ढकालले ती युवालाई तत्तकाल रिहा गरिनुपर्ने बताए । अराजक शैलीको बहानामा सरकारले ती युवाहरूलाई नियन्त्रणमा लिएर गलत गरेको उनले बताए ।

‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषण गरे भन्छु म । यसलाई अराजक शैलीको बाहनामा सरकारले ती युवालाई हिरासतमा राखेको रहेछ, यो विल्कुल गलत भएको छ’, उनले भने, ‘विरोधका बोलीहरू त्यो पनि युवाले राखेका थिए । जसलाई राज्यले सुन्नसक्ने धैर्यता राख्नुपर्छ । युवाहरूले सिंहदरबारभित्रका बेइमानलाई खबरदारी गर्दा यसरी समात्न पाइँदैन । म तत्काल रिहा गर्न माग गर्छु ।’

सामाजिक सञ्जालमा लेखेकै भरमा देशभरका विभिन्न ठाउँका युवाहरूलाई पक्राउ गरेको भन्दै उनले आपत्ति जनाए । अन्तिम समयमा कमिलाको पनि प्वाँख पलाउने बताउँदै सरकारले रवैया त्यस्तै हुँदै गएको जिकिर गरे ।

‘हामी पनि यस विषयमा संवेदनशील छौं । सरकारले यो विषयमा रवैया देखाए कमिलाको प्वाँख पलाएको जस्तै हुन्छ । गृहमन्त्रीज्यूलाई ध्यानाकार्षण गराउन चाहन्छु, गौराको अवसरमा त्यहाँ आएका युवालाई समात्ने हो भने टुँडिखेलका युवा सबै समात्नुपर्छ । क्यामेराले भेटेको, देखेको थिएन होला ? के गर्नुहुन्छ ? युवालाई त्रसित नबनाउनुस’, ढकालले भने ।

गौरा पर्वको अवसरमा टुँडिखेलमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरूविरुद्ध आपत्तिजनक शब्दसहित युवाहरूले नारा लगाएका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  २ : २३ बजे

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५