टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गरेका युवा पक्राउको विरोधमा उत्रियो रास्वपा « Khabarhub

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गरेका युवा पक्राउको विरोधमा उत्रियो रास्वपा


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही सोमाबर टुँडिखेलमा सत्तारुढ दलका शीर्ष नेताहरूविरुद्ध नाराबाजी गरेका युवालाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ ।

प्रतिनिधि सभा सदस्य हरि ढकालले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नेताहरूको विरोध गर्ने युवालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद ढकालले ती युवालाई तत्तकाल रिहा गरिनुपर्ने बताए । अराजक शैलीको बहानामा सरकारले ती युवाहरूलाई नियन्त्रणमा लिएर गलत गरेको उनले बताए ।

‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषण गरे भन्छु म । यसलाई अराजक शैलीको बाहनामा सरकारले ती युवालाई हिरासतमा राखेको रहेछ, यो विल्कुल गलत भएको छ’, उनले भने, ‘विरोधका बोलीहरू त्यो पनि युवाले राखेका थिए । जसलाई राज्यले सुन्नसक्ने धैर्यता राख्नुपर्छ । युवाहरूले सिंहदरबारभित्रका बेइमानलाई खबरदारी गर्दा यसरी समात्न पाइँदैन । म तत्काल रिहा गर्न माग गर्छु ।’

सामाजिक सञ्जालमा लेखेकै भरमा देशभरका विभिन्न ठाउँका युवाहरूलाई पक्राउ गरेको भन्दै उनले आपत्ति जनाए । अन्तिम समयमा कमिलाको पनि प्वाँख पलाउने बताउँदै सरकारले रवैया त्यस्तै हुँदै गएको जिकिर गरे ।

‘हामी पनि यस विषयमा संवेदनशील छौं । सरकारले यो विषयमा रवैया देखाए कमिलाको प्वाँख पलाएको जस्तै हुन्छ । गृहमन्त्रीज्यूलाई ध्यानाकार्षण गराउन चाहन्छु, गौराको अवसरमा त्यहाँ आएका युवालाई समात्ने हो भने टुँडिखेलका युवा सबै समात्नुपर्छ । क्यामेराले भेटेको, देखेको थिएन होला ? के गर्नुहुन्छ ? युवालाई त्रसित नबनाउनुस’, ढकालले भने ।

गौरा पर्वको अवसरमा टुँडिखेलमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरूविरुद्ध आपत्तिजनक शब्दसहित युवाहरूले नारा लगाएका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  २ : २३ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।