रघुजी पन्त भन्छन्- माओवादी ‘जनयुद्ध’मा कयौँ मान्छे मारिए, त्यो हिंसा नै हो « Khabarhub

रघुजी पन्त भन्छन्- माओवादी ‘जनयुद्ध’मा कयौँ मान्छे मारिए, त्यो हिंसा नै हो


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्तले माओवादीले सञ्चालन गरिएको ‘जनयुद्ध’मा हजारौँ मान्छे मारिएकाले त्यो हिंसा नै भएको बताएका छन्।

बुधबार बसेको संसद् बैठकमा नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले माओवादीले चलाएको हिंसाका कारण देशले लामो समय लोडसेडिङ झेलेको बताएका थिए । यसैलाई लिएर माओ‌वादी सांसदहरूले नियमापत्तिसहित विरोध जनाएका थिए ।

‘यदि कुनै पनि सांसदबाट असंसदीय शब्द प्रयोग भए त्यसमा आपत्ति उठाउन पाइन्छ’, पन्तले भने, ‘असंसदीय भनेर उठाउने सांसदले त्यो शब्द असंसदीय हो भन्ने सावित गर्न सक्नु पर्छ ।’

पन्तले संविधानमा जनयुद्ध लेखिए पनि त्यसलाई आफूहरूको अनुकुलतमा ब्याख्या गर्न पाइने बताए ।

‘जनयुद्ध भनेर हाम्रो संविधानमा उल्लेख छ । तर त्यो जनयुद्धमा मान्छे मरे कि मरेनन् ? त्यो मान्छे मरेको हिंसा हो कि होइन । यदि हिंसा असंसदीय होइन भने पुष्टि गरौँ’, उनले भने, ‘त्यतिका मान्छे मरेको घटनालाई हामी हिंसा नै भन्छौँ, हिंसालाई हिंसा भन्दा असंसदीय हुँदैन ।’

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ३ : ०१ बजे

धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति

गोदावरी– धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई

मधेश प्रदेशमा फेला पर्‍यो काँडेभ्याकुर

काठमाडौं– नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला

छानबिन समितिले सम्पत्तिबारे सोधेपछि सुधनले उल्टै भने : तपाईंको पनि छानबिन गरौँ

गोरखा- पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङले आफ्नो

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर– पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ

बागमती र कोशीका अधिकांश जिल्लामा सकियो रास्वपाको जिल्ला अधिवेशन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र कोशी प्रदेशका