रघुजी पन्त भन्छन्- माओवादी ‘जनयुद्ध’मा कयौँ मान्छे मारिए, त्यो हिंसा नै हो « Khabarhub

रघुजी पन्त भन्छन्- माओवादी ‘जनयुद्ध’मा कयौँ मान्छे मारिए, त्यो हिंसा नै हो


१२ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्तले माओवादीले सञ्चालन गरिएको ‘जनयुद्ध’मा हजारौँ मान्छे मारिएकाले त्यो हिंसा नै भएको बताएका छन्।

बुधबार बसेको संसद् बैठकमा नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले माओवादीले चलाएको हिंसाका कारण देशले लामो समय लोडसेडिङ झेलेको बताएका थिए । यसैलाई लिएर माओ‌वादी सांसदहरूले नियमापत्तिसहित विरोध जनाएका थिए ।

‘यदि कुनै पनि सांसदबाट असंसदीय शब्द प्रयोग भए त्यसमा आपत्ति उठाउन पाइन्छ’, पन्तले भने, ‘असंसदीय भनेर उठाउने सांसदले त्यो शब्द असंसदीय हो भन्ने सावित गर्न सक्नु पर्छ ।’

पन्तले संविधानमा जनयुद्ध लेखिए पनि त्यसलाई आफूहरूको अनुकुलतमा ब्याख्या गर्न पाइने बताए ।

‘जनयुद्ध भनेर हाम्रो संविधानमा उल्लेख छ । तर त्यो जनयुद्धमा मान्छे मरे कि मरेनन् ? त्यो मान्छे मरेको हिंसा हो कि होइन । यदि हिंसा असंसदीय होइन भने पुष्टि गरौँ’, उनले भने, ‘त्यतिका मान्छे मरेको घटनालाई हामी हिंसा नै भन्छौँ, हिंसालाई हिंसा भन्दा असंसदीय हुँदैन ।’

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ३ : ०१ बजे

डीएनए परीक्षण किट र एक करोड रुपैयाँ सरकारलाई हस्तान्तरण

काठमाडौं– बेलायतमा बसोबास गर्दै आउनुभएका गैरआवासीय नेपाली संघका अध्यक्ष कुल

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर– झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध प्रदर्शन

काठमाडौं– लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

कसरी भइरहेकाे छ एनपीएल उद्घाटनको तयारी ? सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आज सुरु