पुरानो रिसइबीले शंखमूलमा पुल हाउस सञ्चालकको हत्या, बाराका एमकेकुमार पक्राउ « Khabarhub

पुरानो रिसइबीले शंखमूलमा पुल हाउस सञ्चालकको हत्या, बाराका एमकेकुमार पक्राउ


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका-१० शंखमूल साईबाबा पार्कस्थित पुल हाउसका सञ्चालक रूपक बान्तवाको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

प्रहरीले शंखमूल नै बस्दै आएका बाराको सिम्रौनगढ नगरपालिका-७ निवासी २२ वर्षीय एमके कुमारलाई बुधबार बिहान पक्राउ गरेको हो ।

कुमारले सोमबार बिहान रड प्रहार गर्दा गम्भीर घाइते भएका रूपकको निजामती अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कुमारलाई उनकै कोठाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बुधबार बिहान सवा १० बजे उनलाई पक्राउ गरिएको बताए । अधिकारीका अनुसार पुरानो रिसइबीका कारण रडले हानेर बान्तावाको हत्या गरेको खुलेको छ ।

प्रहरीले उनलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वरमा राखेको छ। घटनामा प्रयोग भएको रड र मृतकको चेक, चस्मा, झोला र लुगा पनि बरामद भइसकेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ६ : ०२ बजे

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने

जेन्जी आन्दोलनमा घुसपैठ र षड्यन्त्र भयो, निष्पक्ष छानबिन हुनुपर्छ : एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भाद्र २३ र

विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता असम्भव : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको