प्रधानमन्त्रीको निर्देशन- दशरथ रंगशाला हिलाम्य हुनु दु:खद, दुरुपयोग रोकौँ « Khabarhub

प्रधानमन्त्रीको निर्देशन- दशरथ रंगशाला हिलाम्य हुनु दु:खद, दुरुपयोग रोकौँ


१३ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाको दुरुपयोग नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४ प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान गर्दै ओलीले खेल हुँदा दशरथ रंगशालाको मैदान हिलाम्मे हुनु दुःखद् भएको बताए ।

उक्त रंगशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन उनले ध्यानाकर्षण गराए। एउटा खेलका लागि बनाइएको पूर्वाधार अन्य प्रयोजनमा उपयोग गर्न नहुने जिकिर उनले गरे ।

ओलीले आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नति गर्ने निर्णय गरेको स्मरण गर्दै त्यसको कार्यान्वयन गरिने अवगत गराए ।

प्रधानमन्त्री ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

त्यस्तै उनले महिला भलिबल खेलाडीको हालसम्मको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मिहिनेनत गर्न आग्रह गरे।

कार्यक्रममा नेपाली टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार प्रदान गरिएको छ।

गत साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  २ : ०० बजे

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६