राष्ट्रियसभा बैठक : रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग « Khabarhub

राष्ट्रियसभा बैठक : रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदहरूले डेंगी, झाडापखाला लगायतका रोगव्याधी नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतनाको विस्तार एवं स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।

शून्य समयमा बोल्दै सांसद इन्दिरादेवी गौतमले वर्षायाममा महामारीजन्य रोगहरू जस्तै डेंगी, झाडापखाला, सर्पदंश न्यूनीकरण गर्नुपर्ने, शुद्ध खानेपानी, औषधी उपचारको अभाव हुन नदिन सरकारले व्यवस्था मिलाएर सहज वातावरण बनाउन आग्रह गरिन् ।

सांसद गंगाकुमारी बेलवासेले पछिल्लो समय तीजका गीत र नाचमा विकृति विसङ्गति बढेको भन्दै त्यसको नियन्त्रणका लागि सबैले पहल गर्नुपर्ने बताइन् । सांसद गोपीबहादुर सार्की अछामीले उदयपुरको कटारी नगरपालिका कोशी, मधेश र बागमती प्रदेशको केन्द्र पर्ने भएकाले प्रस्तावित मेडिकल कलेज स्थापना गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरू गोपाल भट्टराई, जगप्रसाद शर्मा र तुलसाकुमारी दाहालले स्थानीय तथा राष्ट्रिय एवम् समसामयिक समस्या समाधानका लागि सरकारसँग माग गरे  ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  २ : ५० बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन