डेडिकेटेड र ट्रकलाईन विवाद समाधान गर्न संसदीय समिति गठन गरौँ : सांसद बास्कोटा « Khabarhub

डेडिकेटेड र ट्रकलाईन विवाद समाधान गर्न संसदीय समिति गठन गरौँ : सांसद बास्कोटा


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद गोकुल बास्कोटाले डेडिकेटेड र ट्रकलाईन विवाद समाधानका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बास्कोटाले सार्वजनिक लेखा समितिमाथि अनुचित दबाब दिइएको भन्दै डेडिकेटेड र ट्रकलाईन विवाद समाधानका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गरेका हुन् ।

उनले तत्कालीन प्रचण्ड सरकारले नै व्यवसायीहरूले डेडिकेटेड र ट्रकलाईन विद्युत् उपयोग गरेबापतको बक्यौता घटाउने काम गरेको दाबी गरे ।

डेडिकेटेड र ट्रकलाईनका विषयमा आफूले बदमासी गरेर अर्कोमाथि हिलो छ्याप्ने काम भएको उनले बताए । बास्कोटाले माओवादी सत्ताबाहिर निस्केपछि रन्थनेर नेपाललाई बंगलादेश बनाउने भन्दै आन्दोलन गर्ने चेतावनी दिएको जिकिर गरे  ।

त्यस्तै बैठकको विशेष समयमा माओवादी सांसद देवेन्द्र पौडेलले डेडिकेटेड र ट्रकलाईनको बक्यौता नतिर्न पूर्वप्रधानमन्त्री प्रचण्डले भनेको भए बहस गर्न तयार रहेको तर्क गरे ।

पौडेलले मुलुकको परिवर्तनका लागि माओवादीले गरेको जनयुद्धको अवमूल्यन नगर्न चेतावनी दिँदै अनमिनको रेकर्ड हेर्न सुझाव दिए । अहिले उठेका प्रश्नहरूलाई विगतका घाउ कोट्याउने गरी परिस्थितिलाई असहज नबनाउन उनले आग्रह गरे ।

उनले जनताले चलाएको आन्दोलन जनयुद्ध नै भएको जिकिर गरे । पौडेलले टुँडिखेलमा विरोध गरेका युवाहरूको कुनै गल्ती नभएको र आवाज उठाएकै भरमा पक्राउ परेकालाई रिहा गर्न माग गरे ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ३ : ४७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका