विश्वका घटनाक्रम जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन ध्यानाकर्षण « Khabarhub

विश्वका घटनाक्रम जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन ध्यानाकर्षण


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले विश्वका घटनाक्रमलाई नेपालसँग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन विभिन्न राजनीतिक दलको ध्यानाकर्षण गराएको छ ।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले संसद्का कतिपय दलहरू खासगरि सत्ताबाट बाहिरिएसँगै विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर आएका आवेगपूर्ण टिप्पणीहरू र प्रतिक्रियाहरूप्रति आपत्ति जनाउँदै मुलुकको संवेदनशील अवस्थाप्रति गैर जिम्मेवार अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले पछिल्लो समय समाजमा अराजकताको प्रवृत्ति देखापर्न थालेको अवस्थामा सबै दल मिलेर यसको समाधान खोज्नुपर्नेमा बैठकको जोड रहेको बताए । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका साथै एमाले-कांग्रेस सरकारको संक्षिप्त समीक्षा गर्दे सरकारको प्रारम्भिक कामप्रति सन्तुष्ट व्यक्त गरेको ज्ञवालीले बताए ।

त्यस्तै बैठकले पार्टीको नयाँ बार्षिक कार्य योजनाको मस्यौदा तयारमा सामान्य छलफल गर्दै आगामी पोलिटब्युरो बैठकबाट अन्तिम रूप दिने निर्णय भएको उनले जानकारी दिए । नयाँ वार्षिक कार्य योजनामा सदस्यता विस्तार, अभिलेखीकरण, नवीकरण प्रभावकारी बनाउने लगायतका विषयमा समेटिएको ज्ञवालीले बताए ।

बैठकले भाद्र २६ गते स्वर्गीय सुवास नेम्वाङको प्रथम स्मृतिसभा आयोजना गर्ने निर्णय गरेको छ भने प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै विपद् व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए  ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ६ : १४ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको