एकनारायण अर्याल मुख्य सचिव नियुक्त « Khabarhub

एकनारायण अर्याल मुख्य सचिव नियुक्त


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

अहिलेकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण भदौ १५ गतेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।

यस्तै बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्मा पठाइएको थियो। ती मध्ये डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता  गुरुङले  जानकारी दिए ।

डिसी फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी हुन् । उनले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट अभिनय सुरु गरेका हुन् ।

त्यसैगरी दूरसञ्चार सेवा प्रदायक टेलिकम कम्पनी एनसेललाई अनुमति पत्र नवीकरण शुल्क चार किस्तामा बुझाउन दिने निर्णय गरेको छ । “एनसेललाई अनुमति पत्र नवीकरण वापतको शुल्क चार किस्तामा बुझाउन दिने निर्णय भएको छ”, गुरुङले भने , “दोस्रो किस्तादेखि अन्तिम किस्तासम्म बाँकी रहेको रकममा १० प्रतिशत ब्याजदर पनि बुझाउनुपर्नेछ ।”

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ८ : ४७ बजे

व्यक्तिगत इच्छा पूरा गर्दा पनि गायक प्रतापलाई गाली !

काठमाडौं – कलाकारहरू सार्वजनिक व्यक्तित्व हुन्, त्यसैले उनीहरूको व्यक्तिगत जीवन

दीपालाई अध्यक्षबाट ‘कू’ गरेका जितु उनकै कार्यवाहक !

काठमाडौं – विशाल भण्डारी निर्देशित ‘कमेडी नाइटविथ च्याम्पियन’को अध्यक्षको भूमिकामा

नेपालको विकास यात्रामा रुसको महत्त्वपूर्ण योगदान छ : वर्षमान पुन 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्व अर्थमन्त्री वर्षमान

सोनम वाङ्चुकलाई तुरुन्तै मेदान्ता अस्पताल सार्नू : दिल्ली उच्च अदालत

काठमाडौं- दिल्ली उच्च अदालतले लामो समयदेखि अनसन बसिरहेका भारतका सामाजिक

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका