एनसेललाई नवीकरण शुल्कमा किस्ता सुविधा, १० प्रतिशत ब्याज तिर्नुपर्ने | Khabarhub Khabarhub

एनसेललाई नवीकरण शुल्कमा किस्ता सुविधा, १० प्रतिशत ब्याज तिर्नुपर्ने


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलेले लाइसेन्स नवीकरण शुल्कमा किस्ता सुविधा पाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेललाई चार किस्तामा शुल्क तिर्ने सुविधा दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

“एनसेललाई अनुमति पत्र नवीकरण वापतको शुल्क चार किस्तामा बुझाउन दिने निर्णय भएको छ”, उनले भने, “दोस्रो किस्तादेखि अन्तिम किस्तासम्म बाँकी रहेको रकममा १० प्रतिशत ब्याजदर पनि बुझाउनुपर्नेछ ।”

एनसेलले लाइसेन्स नवीकरण गर्दा २० अर्ब बुझाउनुपर्नेमा एकै पटक सो रकम तिर्न नसक्ने भन्दै किस्ता बन्दीमा तिर्न सुबिधा मागेको थियो ।

एनसेलले गत जेठमै पहिलो किस्ता स्वरूप चार अर्ब बुझाएर किस्ताको सुबिधा मागेको थियो । एनसेलले लिएको लाइसेन्सको २० बर्षे अवधि भदौ १५ गते सकिदै थियो ।

याे पनि…

किस्ता सुविधामा एनसेललाई नवीकरण गर्न दिने सरकारको तयारी

सरकारले सार्वजनिक नगरेको एनसेल अनुसन्धान प्रतिवेदनमा के छ ?

 

 

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ९ : ४४ बजे

प्रधानमन्त्री कार्कीलाई कांग्रेस नेता केसीले दिए पाँच बुँदे सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले जेएनजि आन्दोलनका

मोरङका पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालयको सरसफाइ

मोरङ – नेपाल पत्रकार महासङ्घ मोरङको अगुवाइमा विराटनगर महानगरपालिका–७ स्थित

कैदीबन्दीलाई कारागारमा आउन र अन्यलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भागेका

नयाँ बसपार्कबाट तीनसय बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए

काठमाडौं – काठमाडौं गोँगबुस्थित नयाँबसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन

बालसुधारगृहबाट भागेका ४८ जना पक्राउ

बाँके – जिल्लाका दुई बालसुधारगृह र एउटा कारागारबाट भागेका तीन