मेयर बालेन्द्रको दाबी- काठमाडौंका नगरप्रहरीको अन्तर्राष्ट्रिय तहमै प्रशंसा भइरहेको छ « Khabarhub

मेयर बालेन्द्रको दाबी- काठमाडौंका नगरप्रहरीको अन्तर्राष्ट्रिय तहमै प्रशंसा भइरहेको छ


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सडक अतिक्रमण रोक्न नगर प्रहरीका कामको अन्तराष्ट्रिय क्षेत्रबाटै प्रसंसा भएको दाबी गरेका छन् ।

३२ औँ महानगर प्रहरी दिवसका अवसरमा काठमाडौं महानगरले शुक्रबार गरेको कार्यक्रममा शाहले सडक अतिक्रमणलाई रोक्दै फुटपाथ व्यवस्थापनमा महानगर प्रहरीको कामको विभिन्न देशका नगरले प्रसंशा गरेको बताए ।

दक्षिण एसियामै निकै समस्याका रुपमा रहेको सडक व्यवस्थापन मिलाउन निकै समस्या र चुनौती देखा परेको उनले बताए ।

स्वास्थ्य क्षेत्रको नियमनदेखि दैनिक उपभोग्य वस्तुको कालोबजारी रोक्न महानगर प्रहरीले गरेका कामको उनले पटक पटक प्रशंसा गरे । कार्यक्रममा उत्कृष्ठ कार्यसम्पादन गर्ने नगरप्रहरीलाई बढुवा तथा सम्मान गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ७ : ४९ बजे

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर