मध्यवर्तीमा जंगली हात्तीको त्रास, रातभर जाग्राम बस्छन् स्थानीय  « Khabarhub

मध्यवर्तीमा जंगली हात्तीको त्रास, रातभर जाग्राम बस्छन् स्थानीय 


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इनरुवा– बराहक्षेत्र नगरपालिका–२ पुनर्वासका स्थानीय जंगली हात्तीको त्रासमा रातभर जाग्राम बस्छन् । कोसी टप्पु वन्यजन्तु आरक्ष र आसपासका जंगलबाट आउने हात्तीको त्रासका कारण मध्यवर्ती क्षेत्रका बासिन्दा जाग्राम बस्दै आएका हुन् ।

पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराईले नसुतेको एक साताभन्दा बढी भएको बताए। उनले राति जङ्गलबाट आउने हात्तीको त्रासमा राति नसुतेको एक साता भएको उनले बताए। प्रत्येक रात लाइट बोकेर हात्ती धपाउनुपर्ने आफ्नो दिनचर्या भएको उनको भनाइ छ । 


दिनभरी बाहिर काम गरेर राति आराम गरिरहेको बेलामा दैनिक जङ्गलबाट आउने हात्तीका कारण जाग्राम बस्नुपर्ने बाध्यता रहेको भट्टराईले बताए। हात्ती धपाउँदा धपाउँदै रात बित्ने गरेको उनको भनाइ छ । 

भट्टाराई जस्तै बराहक्षेत्र–२ पुनर्वासका चन्द्रबहादुर मगरको अवस्था पनि उस्तै छ । दैनिक वन्यजन्तु आरक्ष तथा अन्य जङ्गलबाट आउने हात्तीका कारण समस्या हुँदै आएको उनले बताए। यही भदौ १२ गते राति आएको हात्तीको समूहले घरमा क्षति पुर्‍याएको उनले जानकारी दिए। 

यस क्षेत्रमा दैनिक रुपमा आरक्षबाट आउने हात्तीले आर्थिक तथा भौतिक क्षति गर्ने गरेका छन् । हात्तीपीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आए पनि त्यसले प्रयाप्त नभएको स्थानीय बताउँछन् । 

क्षतिपूर्तिले मात्र सबै समस्याको समाधान नहुने भएकाले दीर्घकालीन रुपमा यसको समाधान खोज्न स्थानीय सरकार र प्रशासनलाई पटकपटक आग्रह गरिएको मगरले बताए। 

हात्तीका कारण समस्या हुँदै आएको र यसबाट पीडितलाई सुविधा र सुरक्षा दिन नसकिएको आरक्ष प्रशासनले जनाएको छ । गत साउनदेखि हालसम्म एक सयभन्दा बढी परिवारले क्षतिपूर्तिका लागि वन्यजन्तु आरक्षमा निवेदन दिएका बराहक्षेत्र–२ का वडाध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ४ : ०५ बजे

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द