एन्फा महिला लिग : कोसी प्रदेश र वालिङ नगरपालिका भिड्ने « Khabarhub

एन्फा महिला लिग : कोसी प्रदेश र वालिङ नगरपालिका भिड्ने


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज कोशी प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान हुनेछ ।

प्रतियोगितामा कुल १० टोलीले प्रतिस्पर्धा गर्दैछन्। जसमा त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बागमती युथ क्लब, दुई स्थानीय निकाय वालिङ्ग नगरपालिका र चन्द्रपुर नगरपालिका, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् ।

लिगको विजेताले १० लाख, दोस्रोले ५ लाख, उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले जनही १ लाख, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलका प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउने छन् ।

खेल तालिका–

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ७ : २५ बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,