प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट | Khabarhub Khabarhub

प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरूको प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरूको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिए ।

उनले गौतम बुद्ध, महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यता विपरीतका विषय हुने बताए ।

प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबीचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गरे ।

भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, कलेजका प्रतिनिधि सन्दिप एस सन्दुलगायत सहभागी थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ४ : १६ बजे

रवि लामिछाने जेल फर्कने

काठमाडौँ – शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट

दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई

काठमाडौं– तिब्बतका धर्मगुरु दलाई लामाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा भएको

संसद् विघटन फिर्ता लिन राष्ट्रपतिलाई ८ दलको आग्रह

काठमाडौं– आठ राजनीतिक दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग संसद् विघटनको निर्णय

प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर