डेङ्गीका बिरामी छ हजार नाघे, उपत्यकामा छ सय ८० सङ्क्रमण | Khabarhub Khabarhub

डेङ्गीका बिरामी छ हजार नाघे, उपत्यकामा छ सय ८० सङ्क्रमण


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभरि डेङ्गीका बिरामीको सङ्ख्या छ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार छ हजार तीन सय ४७ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै तीन जना डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि मानिसलाई टोक्यो भने डेङ्गी रोग लाग्दछ ।

गण्डकी प्रदेशमा सबभन्दा बढी

डेङ्गी सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ देखिएको छ ।

कोशी प्रदेशमा सात सय ९१ जना, मधेसमा सय जना, बागमतीमा एक हजार छ सय २३ जना, लुम्बिनी चार सय ४४ जना, कर्णालीमा ९३ जना र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जना सङ्क्रमण देखिएको छन् ।

उपत्यकामा छ सय ८०

काठमाडौं उपत्यकामा छ सय ८० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । जिल्लामा पाँच सय ११, भक्तपुर ६९ र ललितपुर सय जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

वर्षाका बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको सङ्क्रमण बढेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीका उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

हैजा ७५ जनामा

यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ७५ जना पुगेका छन् । महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालका अनुसार ललितपुरमा ५० काठमाडौंमा १० जना, कैलालीमा आठ जना, प्यूठान दुई, मकवानपुर एक र रोल्पामा चार जनामा हैजा पुष्टि भएको छ ।

हैजा अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ७ : ४१ बजे

एमालेमा ओली जस्तै माओवादीले पनि देखेन प्रचण्डको विकल्प !

काठमाडौं- नेकपा एमालेको यही साउन ५ र ६ गते बसेको

जनसंगठनलाई विधान संशोधन प्रस्तावमा सुझाव दिन एमालेको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने

भारत–राष्ट्रसंघ कोषको सहयोगमा बुर्किना फासोमा बाँध निर्माण परियोजना सम्पन्न

काठमाडौं– भारत–राष्ट्रसंघ कोषको सहयोगमा अफ्रिकी मुलुक बुर्किना फासोमा बाँध निर्माण

ज्ञानेन्द्र असली राजै होइन, राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त हो – ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम राजा ज्ञानेन्द्र शाह असली

संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूको आग्रह

काठमाडौं– सङ्घीय संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूले आग्रह गरेका