कञ्चनपुरबाट करिब ५९ लाख मूल्यको सामान बरामद « Khabarhub

कञ्चनपुरबाट करिब ५९ लाख मूल्यको सामान बरामद


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भिमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनियरिङ्ग अटो वर्कशप नजिकैबाट आइतबार सशस्त्र प्रहरीले ५८ लाख ९३ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको छ ।

भारतबाट अवैध रूपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त सामान बरामद गरेको हो । बरामद भएको सामानहरूमा लत्ताकपडा, सवारी साधन तथा मोबाइल पार्ट्स, इलेकट्रोनिक्स सामान लगायतका छन् ।

बरामद सामान आवश्यक कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १ : ३९ बजे

तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित औद्योगिकग्राम निर्माणाधीन क्षेत्रमा संरचना बन्न

तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– सोमबार पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

बाँके– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन

एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं – एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

काकरभिट्टा– पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६