दीपक मनाङे भन्छन्- मलाई किन पैसा चाहियो र ? « Khabarhub

दीपक मनाङे भन्छन्- मलाई किन पैसा चाहियो र ?


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेश सरकारका स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्रालय बेच्ने कुरा कुरामा आफूले ठट्टामा भनेको बताएका छन् ।

सोमबार गण्डकी प्रदेशमा गरिएको मन्त्रालय बाँडफाँट स्वतन्त्र सांसद मनाङे असन्तुष्ट थिए । आफूले सम्हालिरहेको भौतिक मन्त्रालय नेकपा एमालेलाई दिएर वन मन्त्रालयमा सरुवा गरिएपछि उनी रिसाएका थिए। त्यहीकारण उनले मन्त्री पदबाट राजीनामा पनि दिइसकेका छन् ।

त्यसपछि उनले एकजना स्थानीय पत्रकारसँग गरेको फोन संवादको अडिओ बाहिरिएको थियो । उनले उक्त अडिओ संवादमा ३ करोडमा वन मन्त्रालय बेच्न लागेको बताएका थिए ।

मनाङेले कांग्रेसले डेढ करोड रुपैयाँ दिइसकेको अवस्थामा एमालेसँग बार्गेनिङ भइरहेको बताएका थिए ।

मंगलबार उनले खबरहबसँग कुराकानी गर्दै आफू तनावमा भएको बेला त्यो कुरा बोलेको बताए । उनले भने, ‘तनावमा थिएँ । एउटा भाइले फोन गरेछ, रेला गरेर बोलेको हो । ठट्टा गर्ने बानी छ । मलाई किन पैसा चाहियो र मन्त्रालय बेच्नू ?’

सोमबार नेकपा एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए । तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  २ : ०३ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया