‘गण्डकीमा मन्त्री पद नै बिक्रीमा रहेछ, प्रदेश संरचना खारेज गरौँ’ « Khabarhub

‘गण्डकीमा मन्त्री पद नै बिक्रीमा रहेछ, प्रदेश संरचना खारेज गरौँ’


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले गण्डकी प्रदेश सरकारमा मन्त्री पद नै लिलामीमा चढेको बताएकी छन् ।

मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले त्यहीकारण राप्रपाले प्रदेश संरचना खारेजीको माग गरेको बताइन् ।

‘गण्डकी प्रदेशमा त मन्त्री पद नै लिलामीमा चढ्यो । यो के भएको हो ? त्यसैकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश खारेज गरौँ, यो सेतो हात्ती नपालौं भनेको छ’, उनले भनिन्, ‘हामीले अब फेरि यस्तो गाईजात्रा हेर्नु नपरोस् ।’

गण्डकी प्रदेश सभाका स्वतन्त्र सदस्य राजीव गुरुङले मंगलबार मन्त्री पद बिक्रीमा रहेको बताएका थिए ।

यसअघि गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधारमन्त्री बनेका गुरुङले राजीनामा दिइसकेका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका गुरुङको जिम्मेवारी हेरफेर गरेका थिए ।

उनलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । वन मन्त्रालय अन्यभन्दा सानो रहेको भन्दै उनले राजीनामा दिएर सरकारबाट बाहिरिइसकेका छन् ।

त्यसपछि उनले मन्त्रालय बिक्रीमा रहेको भन्दै व्यंग्य गरेका थिए । गुरुङले कांग्रेसलाई भए डेढ करोड र एमालेलाई तीन करोडमा मन्त्रालय बेच्नेत बताएका थिए ।

तर उनले बुधबार खबरहबसँगको कुराकानीका आफूले ठट्टामा उक्त कुरा बोलेको स्पष्टीकरण दिए । आफूले मन्त्री पद छाडिसकेकाले अब रेल गरेको कुरालाई गम्भीर रुपमा नलिन मनाङेले भनेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  २ : ४० बजे

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह