चन्द्र भण्डारी भन्छन्- सरकार यसैगरी अघि बढे व्यवस्था संकटमा पर्छ, काँध थाप्न सक्दैनौँ « Khabarhub

चन्द्र भण्डारी भन्छन्- सरकार यसैगरी अघि बढे व्यवस्था संकटमा पर्छ, काँध थाप्न सक्दैनौँ


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार अघि बढेमा व्यवस्था संकटमा पर्नसक्ने चेतावनी दिएका छन् ।

मंगलबार) प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यथास्थितिमै सरकार अगाडि बढिरहे व्यवस्था, नेतृत्व र मुलुकमाथि नै संकट आउनसक्ने बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि आफू पाँच वर्ष जेल बसेको बताएका भण्डारीले नेतृत्वको असक्षमताको भारी अब बोक्न नसकिने पनि बताएका छन् ।

‘यही तरिकाले सरकार जान्छ भने लोकतान्त्रिक व्यवस्थामाथि पनि संकट निम्तिन्छ । त्यसबेला संकट नेतृत्वमाथि पनि पर्छ । संकट मुलुकमाथि पनि पर्छ’, उनले भने, ‘त्यसकारण सरकारले गफ होयन, काम गरेर देखाउनुपर्छ । म व्यवस्थाका लागि लडेको व्यक्ति हुँ । पाँच वर्ष जेल बसेँ । पिटाई पनि खाएँ । तर, नेतृत्वको इच्छाशक्ति नहुँदा काम गरौँ भन्दा पनि हामीले जवाफ दिनुपर्ने ? यो भारी अब हामी बोक्न सक्दैनौँ ।’

भण्डारीले निर्माण व्यवसायीले सरकारी भुक्तानी नपाउँदा विकास रोकिएको पनि बताए । उनले व्यवसायीहरूको एक अर्ब निकासा गरिदिने हो भने करस्वरुप सरकारकै कोषमा ३८ करोड बढी आउने पनि जिकिर गरे ।

भण्डारीले सरकारले अर्थतन्त्र चलायमान बनाउनै नचाहेको जिकिर गरे । बैंकमा पैसा थुपारेर सरकार बसेका कारण अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको दाबी भण्डारीको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ३ : २७ बजे

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता

दुई अर्ब ३१ करोड राजस्व संकलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो (तस्बिरहरु)

काठमाडौं– चाँगुनारायणको परम्परागत कलश यात्रा अन्तर्गत आज साउन शुक्ल द्वादशीका