सांसद अमरेश सिंह गृहजिल्ला पुग्दा तनाव, नाराबाजी र ढुंगामुढा | Khabarhub Khabarhub

सांसद अमरेश सिंह गृहजिल्ला पुग्दा तनाव, नाराबाजी र ढुंगामुढा


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

सर्लाही- स्वतन्त्र सांसद डा. अमरेश सिंह गृहजिल्ला सर्लाही पुग्दा मंगलबार तनाव भएको छ ।

सर्लाही क्षेत्र नं.-४ का सांसद सिंहले स्थानीयबासी र समर्थकमाझ मन्त्य दिने क्रममा अर्को पक्षले उत्तेजक र द्वन्द फैलाउने अभिव्यक्ति दिएको भन्दै विरोध गरेको थियो ।

धनकौल गाउँपालिकामा पुगेका बेला सिंहले मतदातासँग छलफल कार्यक्रम राखेका थिए । त्यसक्रममा नेपाली कांग्रेसका कार्यकर्ता र स्थानीयबासी पनि उनको विरोधमा उत्रिएका थिए ।

सिंह कांग्रेस छाडेर स्वतन्त्र रुपमा विजयी भएका थिए । त्यहाँ उनीमाथि जातीय द्वन्द्व फैल्याउने गरी भाषण गरेको आरोप कांग्रेसका कार्यकर्ताले लगाएका छन् ।

स्थानीय दुई पक्षबीच तनाव भएपछि प्रहरीले सिंहलाई समेत सुरक्षा दिएको थियो । सिंहमाथि ढुङ्गामुढा समेत भएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसक्रममा प्रहरी र एकजना सर्वसाधाण घाइते भएका छन् ।

उनी धनकौलस्थित एक घरमा बसिरहेको समयमा प्रहरीले सुरक्षा दिएका थिए। उता सांसद सिंहले पनि मतदातासँग छलफलमा रहेको समयमा आक्रमण प्रयास भएको बताएका छन् । उनले मतदातासँग रहेका केही तस्बिर पनि सामाजिक सञ्जालमा हालेका छन् ।

‘धनकौल गाउँपालिका निवासी बिलासी साहको घरमा बसेर छलफल र खानाको कार्यक्रम चलिरहँदा त्यही गाउँपालिका अध्यक्ष रामाअश्रय साहका छोरा र नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंहका छोरा तथा प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंहका भतिजले सिकेको संस्कार  प्रस्तुत गरेका छन्’, उनले भनेका छन्, ‘अरुको घरअगाडि आएर गुण्डागर्दी शैलीमा प्रस्तुत हुँदै ढुङ्गामुढा गरेका छन्।’

यसबारेमा सर्लाही प्रहरीका एक अधिकारीले सुरुबाटै तनाव हुने आकलन गरेर सिंहलाई सुरक्षा दिइएको बताएका छन् । ती अधिकारीले सुरक्षा कडा बनाइएकाले त्यस्तो अप्रिय घटना नभएको बताएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ८ : ०१ बजे

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको

एनपीएलमा आरिफ र अविनाश सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

काठमाडौं– विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क

सरकारविरुद्ध अन्तर्राष्ट्रिय निकायमा जाने भूपू गोर्खा सैनिकको चेतावनी

काठमाडौं- ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतको फैसला

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता 

काठमाडौं– आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि