बालेन समर्थकको ‘अनफलो’ अभियानबीच ओली भन्छन्- एकछिनको विरोधमा दु:खी हुन आवश्यक छैन | Khabarhub Khabarhub

बालेन समर्थकको ‘अनफलो’ अभियानबीच ओली भन्छन्- एकछिनको विरोधमा दु:खी हुन आवश्यक छैन


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकहरूले अहिले फेसबुकमा अनफलो अभियान चलाइरहेका छन् ।

खासगरी एमालेकी प्रदेश सांसद रेखा शर्मालाई बालिकाको श्रमशोषण आरोप लगाएका बालेन्द्रले कारबाही नगरेको भन्दै तारन्तार सामाजिक सञ्जालमा लेखेपछि उनका फ्यान पनि उग्र शैलीमा प्रस्तुत भएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बालेन्द्रले राखेको एउटा पोस्ट ‘मास रिपोर्ट’मा परेर रिमोभ भएपछि त्यसको दोष उनका फ्यानले प्रधानमन्त्री ओली र एमाले कार्यकर्तालाई लगाएका छन् ।

ओलीले सार्वजनिक रुपमा बालेन्द्रविरुद्ध टिप्पणी नगरे पनि बालेन्द्रका समर्थकहरूले उनको फेसबुकमा अनफलो अभियान चलाएर करिब ६० हजार आसपासमा घटाएका छन् ।

एमाले सांसद रेखा शर्मालाई कारबाही नगरेर ‌ओलीले जोगाइरहेको जिद्धी गरिरहेका बालेन्द्रका समर्थकले मंगलबारदेखि ओलीलाई अनलफलो अभियान चलाइरहेका छन् । तर त्यसबारेमा ओलीको सचिवालय र ओलीले पनि कुनै किसिमको सार्वजनिक टिप्पणी गरेका छैनन्।

यसैबीच ओलीले आफ्नो फेसबुक पेजमा बुधबार अपरान्ह एउटा भिडियो क्लिप राखेका छन् । जुन क्लिप आफूविरुद्ध थालिएको अनफलो अभियानलाई लक्षित गर्दै पोस्ट गरेको बुझ्न सकिन्छ ।

जसमा उनले केही क्षणको विरोधबाट दु:खी हुने र प्रशंसाबाट खुसी हुनुपर्ने कारण नरहेको बताएका छन् । ‘एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनु पर्ने आवश्यकता छैन । सत्यबाहेक अरु केहीको पनि आयु लामो हुँदैन’, उनले भनेका छन् ।

ओलीले आफूलाई थुप्रै साथीहरूले जवान रहेको भन्दै हौस्याउने गरेको पनि सुनाए । ‘मलाई पनि थुप्रै साथीहरूले भेट्दाखेरि जवान नै देखिनु हुन्छ भन्छन्। तर त्यसमा पत्याइ हाल्नुपर्ने जरुरी छैन’, उनले भनेका छन्, ‘भन्दाखेरि त भर्खरको देखिनुहुन्छ भन्छन्, कसैले भर्खरको, एकदम तन्दुरुस्त र जवान देखिनुहुन्छ भनेर साथीहरूले उल्क्याउँछन् । तर म ऐना त हेर्छु नि कति मलाई उल्क्याएको हो, कति साँचो त हो भनेर । ऐनाले सबै कुरा बताइहाल्छ नि !’

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ४ : २६ बजे

कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

बाँके– बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का ८६ अव्यवस्थित

मगर समुदायले भूमे पर्व मनाउँदै, लुम्बिनी प्रदेशका चार जिल्लामा बिदा 

दाङ– मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन्

एकैस्थानमा १७ सय बढीले गरे रक्तदान

चितवन– चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले

रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा 

पोखरा– पोखरामा शनिबार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार