ऊर्जामन्त्रीले एडीबी निर्देशकलाई भने- दुई ठूला दलको सरकार छ, ढुक्कले लगानी गर्नू | Khabarhub Khabarhub

ऊर्जामन्त्रीले एडीबी निर्देशकलाई भने- दुई ठूला दलको सरकार छ, ढुक्कले लगानी गर्नू


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एशियाली विकास बैङ्क (एडीबी) का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बुधबार भएको उक्त भेटमा ऊर्जा क्षेत्रमा एडीबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनको सहकार्यबारे छलफल भएको छ ।

भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा एडीबीले गरेको सहयोगप्रति धन्यवाद दिएका छन् । उनले आगामी दिनमासमेत सरकारलाई एडीबीको सहयोग निरन्तर हुने विश्वास जनाए ।

मन्त्री खड्काले एडीबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गरे । निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताएको ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिए ।

दुई ठूला राजनीतिक दल मिलेर बलियो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न मन्त्री खड्काले एडीबी निर्देशकलाई आग्रह गरेका छन् ।

उनले नेपाल मध्यम आय भएको देशमा रुपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडीबीको साथ र सहयोग आवश्यक रहेको पनि बताएका छन् ।

भेटमा एडीबीका प्रतिनिधि काउकोइसले एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आयोजना निर्माणका समस्याबारे मन्त्री खड्कालाई जानकारी गराएका थिए । एडीबीले नेपालको विकासको क्षेत्रमा लामो समयदेखि साथ र सहयोग दिँदै आएको उनले बताए ।

भेटमा मन्त्रालयका सचिव सिग्देल, ऊर्जा विज्ञ प्रवल अधिकारीलगायतले ऊर्जा क्षेत्रको विकासका लागि एडीबीको सहयोगप्रति धन्यवाद दिए । उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ४ : ४२ बजे

धराली गाउँ ३४ सेकेन्डमै तहसनहस, चार जनाको शव भेटियो, भारतीय सेनाका १० सहित ५० बढी अझै बेपत्ता

उत्तराखण्ड- उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धराली गाउँमा मंगलबार दिउँसो करिब आएको

नेकपा फुटको हल्ला निराधार : बास्तोला

काठमाडौं– नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बस्तोलाले आफ्नो पार्टी फुट्न

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

बर्दिया– ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका-६ खल्ला गाउँ

उत्तराखण्डको धरालीमा बाढी : करिब एकसय जना बेपत्ता, खोजी कार्य जारी

नयाँदिल्ली– घातक हिमाली आकस्मिक बाढीको एक दिनपछि बेपत्ता भएका व्यक्तिहरूको

आरटीएन दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न 

विराटनगर– आरटीएन (राउण्ड टेबल नेपाल) दिवसको अवसरमा विराटनगर सेन्ट्रल राउण्ड टेबल