हमासका नेताहरुविरुद्ध अमेरिकाले दायर गर्‍यो मुद्धा « Khabarhub

हमासका नेताहरुविरुद्ध अमेरिकाले दायर गर्‍यो मुद्धा


१९ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले गत अक्टोबर ७ मा इजरायलमा भएको हमलाको आरोपमा हमासका नेता याह्या सिनवारलगायत धेरै प्रमुख नेताहरूविरुद्ध मुद्दा दायर गरेको छ ।

अमेरिकी न्याय विभागले हमासका छ जना नेतालाई अमेरिकी नागरिकको हत्या, अतिवादलाई आर्थिक सहयोग गर्ने षड्यन्त्र र सामूहिक विनाशका हतियारको प्रयोगलगायत सातवटा आरोपमा अभियोग लगाइएको जनाएको छ ।

आपराधिक उजुरीले हमासद्वारा दशकौं कथित आक्रमणहरू, साथै एक वर्ष अघि दक्षिणी इजरायलमा अभूतपूर्व आक्रमणहरू समावेश गरेको छ । अमेरिकी कानुन एजेन्सीहरूले अक्टोबर ७ का हमलाका लागि जिम्मेवार प्रमुख व्यक्तिहरूलाई जिम्मेवार ठहराउने यो पहिलो प्रयास हो ।

तर, अभियोगमा नाम दिइएको तीनजना इस्माइल हनिया, मारवान इसा र मोहम्मद जैफ भने विगत केही महिनामा हमलामा मारिएका छन् । सिनवार गाजाकै सुरुङमा लुकेर बसेको अनुमान गरिएको छ ।

अभियोगमा नाम दिइएको नेताहरूमा खालेद मशाल र अला बाराका छन्, जो गाजा र वेस्ट बैंक बाहिरका गतिविधिका लागि जिम्मेवार छन् । यी आरोपहरू यस वर्ष फेब्रुअरीमा लगाइएका थिए, तर अमेरिकाले उनीहरुको गिरफ्तारीको आशामा अहिलेसम्म मुद्दा चलाएको थिएन ।

यसैबीच अमेरिकाले गाजामा युद्धविरामका लागि प्रयासलाई तीब्र पार्दै दुवै पक्षलाई सम्झौताको प्रस्ताव स्वीकार गर्न अपिल गरेको छ ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ९ : २८ बजे

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर