कान्द्रा नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा | Khabarhub Khabarhub

कान्द्रा नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको भजनी नगरपालिका-५ स्थित कान्द्रा नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको हुलाकी सडकमार्फत करिब १४ करोडको लागतमा यहाँ तटबन्ध निर्माण भइरहेको छ।

हरेक बर्खायाममा नदीले खेतीयोग्य जमिन र बस्ती कटान गर्ने क्रम बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि तटबन्ध निर्माण भइरहेको हुलाकी सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर भक्तबहादुर कठायतले जानकारी दिनुभयो। उहाँकानुसार कान्द्रा नदीमा एक हजार ८५ मिटर तटबन्ध निर्माण अन्तिमचरणमा पुगेको हो । यहाँ एक किलोमिटर सडक कालोपत्र गर्ने योजनासमेत छ।

वि.सं. २०८० वैशाख १४ गते १८ महिनाभित्र सम्पन्न गर्ने गरी रु १३ लाख ७५ हजारमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले आगामी असोजभित्रै सम्पन्न गर्ने गरी तटबन्धको काम गरिरहेको सूचना अधिकारी कठायतले जानकारी दिनुभयो। उहाँले हालसम्म ९० प्रतिशत तटबन्ध निर्माणको काम सम्पन्न भइसकेको बताउनुभयो।

उक्त नदीले बर्खायाममा हरेक वर्ष सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा तटबन्ध कार्यक्रमले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुगेको जनाइएको छ। नदी कटानकै जोखिमका कारण हुलाकी सडकअन्तर्गत धनगढी–टीकापुर खण्डमा पर्ने उक्त क्षेत्रको सडक स्तरोन्नतिको काम नभएकामा अब चाँडै सडक कालोपत्रे गरिने हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ।

तटबन्धसहितको सडक बन्ने भएपछि स्थानीयका घर र खेतबारी नदी कटानबाट जोगिएको भन्दै स्थानीय पनि खुसी भएका छन्। स्थानीय महेन्द्र रेग्मीले भने, “हरेक बर्खायाममा बाढीले भजनी नगरपालिका–५ लालबोझीस्थित हुलाकी सडकमा क्षति पुर्‍याउनुका साथै यहाँको खेतीयोग्य जमिन र बस्तीसमेत जोखिममा थियो। पक्की तटबन्ध बनेपछि निकै राहत भएको छ। अब पुरानो नियति भोग्नुपर्दैन भन्ने आशा जागेको छ।’

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ७ : २२ बजे

सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ

काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षकहरुसँग भएको सहमतिप्रति राज्य पक्ष जिम्मेवार

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म नै कम्युनिष्ट एकताको प्रस्तावक हुँ : प्रचण्ड

जाजरकोट– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी- नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५०

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड कालोपत्र

कास्की- निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक