एन्फा महिला लिग : कोशी र बागमती युवा तथा कर्णाली र वालिङ भिड्ने « Khabarhub

एन्फा महिला लिग : कोशी र बागमती युवा तथा कर्णाली र वालिङ भिड्ने


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एन्फा महिला लिग फुटबलमा आजबाट दोस्रो चरणका खेल हुँदैछन् । दोस्रो चरण अन्तर्गत आज कोशी प्रदेश र बागमती युवा क्लब तथा कर्णाली प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछन् । कोशी प्रदेश र बागमती युवाबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । यसअघिको खेलमा कोशीले वालिङ तथा बागमतीले सुदूरपश्चिमलाई हराएका थिए । 

यस्तै, कर्णाली प्रदेश र वालिङ नगरपालिकाबीचको खेल अराह्न सवा ४ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जित निकाल्ने योजनामा छन् । यसअघिको खेलमा कर्णालीले चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको थियो भने वालिङ नगरपालिका कोशी प्रदेशसँग पराजित भएको थियो ।

१० टोली सहभागी लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले एक–एक लाख तथा उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ८ : ५३ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी