संविधान संशोधन खेलाँची होइन, गम्भीर छलफल हुनुपर्छ : सीता गुरुङ  | Khabarhub Khabarhub

संविधान संशोधन खेलाँची होइन, गम्भीर छलफल हुनुपर्छ : सीता गुरुङ 


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसकी सांसद सीता गुरुङले संविधान संशोधन हुँदा समावेशिताको कुरामा गम्भीर हुन सबै दलहरूलाई आग्रह गरेकी छिन्। 

बिहीबार संविधान निगरानी समूहले आयोजना गरेको संयुक्त सरकारको अभ्यास तथा शासकीय प्रभाव विषयमा बोल्दै उनले संविधान संशोधन जस्तो विषय खेलाँची नभएको बताइन्। 

संविधान संशोधन र समावेशिताको कुरा गम्भीर विषय भएकाले यो विषयमा संशोधन हुँदा व्यापक छलफल र बहस गर्न आवश्यक रहेको उनको तर्क छ। 

उनले भनिन, ‘अहिले संविधान संशोधन गर्ने कुरा आइरहेको छ यो विषयमा गम्भीर हुन जरुरी छ संविधान संशोधनका नाममा समावेशिताको कुरा भने छुट्नु हुँदैन । ‘

उनले हालसम्मको समावेशिताको अभ्यासलाई पनि गम्भीर रूपमा नियाल्नुपर्ने तर्क गरिन्। 

गुरुङले भनिन, ‘पछिल्लो समय थेसो बढाउने कुराहरू पनि भइरहेको छ यो कुरामा पनि गम्भीर बहस र छलफल भएर मात्र निचोडमा पुगिन्छ ।’

महिला महिला सीमान्तकृत समुदायको आवाजहरू कुनै पनि हालतमा दबाउनु नहुने उनको तर्क छ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ४ : ५९ बजे

धरानबाट दुई हजार एक सय गाँजासहित ट्रक बरामद

धरान– धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराकोशी लोकमार्गबाट सशस्त्र प्रहरीले दुई हजार

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी वृद्धि गर्ने सरकारको नीति छ’

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनलाई प्रोत्साहन

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ

वैज्ञानिकहरूले अस्ट्रेलियाबाट पिएनजीका लागि एग्रेटको ३८ घण्टाको उडान ट्रयाक गरे

एजेन्सी – उत्तरी आप्रवासनको क्रममा अस्ट्रेलिया र पपुवा न्यू गिनीको