सरुवा तथा महामारीजन्य रोग नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नुपर्छ : स्वास्थ्य मन्त्री | Khabarhub Khabarhub

सरुवा तथा महामारीजन्य रोग नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नुपर्छ : स्वास्थ्य मन्त्री


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरुवा तथा महामारीजन्य रोग नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा मन्त्री पौडेलले भने, ‘सरुवा तथा महामारीजन्य रोगमा सावधानी अपनाउनुपर्ने अहिलेको चुनौती छ । डेङ्गु ७५ जिल्लामा फैलिसकेको अवस्था छ । नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नुपर्छ ।’

समितिमा स्वास्थ्य र जनसङ्ख्या व्यवस्थापनसम्बन्धी विद्यमान अवस्था र मन्त्रालयबाट भए गरेका काम कारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा बैठकमा छलफल भएको थियो । उनले अस्पताल सेवा दुई सिफ्टलाई प्रभावकारी रुपमा लैजाने काम भइरहेको र साधनस्रोत भएको खण्डमा तीन सिफ्ट सञ्चालन गर्न सकिने बताए। 

मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न नसक्नुमा अस्पतालले समयमा भुक्तानी दिन नसक्नु हो । त्यसबाहेक अरु पनि समस्या छन् । यसमा पनि व्यवस्थित बनाउनुपर्नेछ ।’

त्यस अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोखरेलले महामारी नियन्त्रण गर्न बहुक्षेत्रीय समन्वय आवश्यक रहेको बताएका हुन्। 

समितिका सांसदहरुले अस्पतालका फार्मेसीमा औषधि नपाइने, अस्पतालभित्रको फोहर व्यवस्थापन नभएको, स्वास्थ्य बीमाको व्यवस्था झन्झटिलो भएको, पोषण परिपूरक जथाभावी बिक्री वितरण भएको, स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुपर्ने, बजेटको राम्रो व्यवस्थापन हुनुपर्नेलगायत बारेमा ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ५ : ५१ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने  दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घटेको

९२ वर्षे राष्ट्रपतिको अर्को कार्यकालको चाहना

क्यामरुन – संसारका सबै भन्दा जेठा राष्ट्रपति क्यामरुनका पाउल बियाले

सुदूरपहाडमा पाइँदैन डोको, डालो र भकारी

डडेल्धुरा- प्लास्टिकजन्य आयातित सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूर

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

झापा- डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका

परराष्ट्र मन्त्रालयमा डा. राणाको एक वर्ष : के काम भयो ?

काठमाडौं – डा आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएको मंगलबार