दुवैलाई स्वीकार्य हुनेगरी रुस–युक्रेन युद्धको समाधान हुनुपर्छ : भारत « Khabarhub

दुवैलाई स्वीकार्य हुनेगरी रुस–युक्रेन युद्धको समाधान हुनुपर्छ : भारत


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले दुवै मुलुकलाई स्वीकार्य हुनेगरी रुस–युक्रेन युद्धको समाधान हुनुपर्ने जनाएको छ ।

भारतको विदेशमन्त्रालयले दुवै पक्षलाई स्वीकार्य हुने र व्यहारिक किसिमले युद्धको समाधान हुनुपर्ने जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनका क्रममा भारत सदैव शान्तिको पक्षमा रहेको समेत धारणा राखे

रुसी सेनामा रहेका भारतीय नागरिकलाई स्वदेश फर्काउने विषयमा सोधिएको प्रश्नमा उनले हालसम्म रुसबाट १५ जनालाई स्वदेश फिर्ता गरिएको र स्वदेश फर्कन चाहनेहरुसँग मस्कोस्थित राजदूतावास नियमित सम्पर्कमा रहेको जानकारी दिए ।

रुस–युक्रेन युद्धमा भारतले मध्यस्थकर्ताको भूमिका खेल्ने चर्चा चलिरहेका बेला विदेश मन्त्रालयको यस्तो भनाइ आएको हो । युद्धको समाधानका लागि हालसम्म कुनै मोडालिटी वा कार्यदिशा तय नभइसकेको प्रवक्ता जयसवालको भनाइ छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १० : ०० बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी