पाकिस्तानको बलोचिस्तानमा खाना पकाउने ग्यासको अभाव « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा खाना पकाउने ग्यासको अभाव


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको बलोचिस्तान प्रान्तमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । ग्यासको आपूर्तिमा समस्या भएपछि अभाव भएको हो ।

बलोचिस्तानका ५ जिल्लामा ग्यासको अभाव देखिएको पाकिस्तानको एआरवाई न्यूजले जनाएको छ । ग्यासको अभाव हुँदा ग्राहकहरुको लामो लाम देखिएको छ । यसबाहेक व्यापारीहरुले ग्यासको मूल्य पनि बढाएर बेच्न थालेका छन् ।

हालैका महिनामा मूल्य ह्वात्तै बढेका बेला ग्यासको अभाव पनि देखिएको हो । पछिल्लो समय सरकारले ग्यासको भाउ प्रतिकिलो ६० रुपैयाँबाट बढाएर ८० रुपैयाँ पु¥याएको थियो । पाकिस्तानमा आर्थिक समस्या अझ विकराल बन्दै जाँदा ग्यासको आपूर्तिमा समस्या देखा परेको हो ।

पाकिस्तानमा ऊर्जा आपूर्तिको ठूलो हिस्सा प्राकृतिक ग्यासले धान्दै आएको छ । ग्यास आपूर्तिमा समस्या भएसँगै त्यहाँ दैनिक लोडसेडिङ पनि बढ्दै गएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ९ : १४ बजे

बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग

हेटौँडा– मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम