नेसन्स लिग : इटालीसँग फ्रान्स स्तब्ध  « Khabarhub

नेसन्स लिग : इटालीसँग फ्रान्स स्तब्ध 


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युइएफए नेसन्स लिग अन्तर्गत इटालीले फ्रान्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै इटाली विजयी भएको हो ।

इटालीको जितमा फेडेरिको डिमार्को, डेभिड फ्राटेसी र गियाकोमो रास्पाडोरीले एक–एक गोल गरेका थिए । फ्रान्सका लागि ब्राडली बार्कोलाले एक गोल गरेका थिए ।

खेलको पहिलो मिनेटमै फ्रान्स बार्कोलाले गोल गर्दै टोलीलाई सुरुवात अग्रता दिलाएका थिए । तर आफ्नो अग्रता जोगाउन नसक्दा फ्रान्स इटालीसँग स्तब्ध बन्नु पर्‍याे ।

खेलको ३०औँ मिनेटमा इटालीका डिमार्कोले खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि ५० मिनेटमा डेभिड र ७४औँ मिनेटमा गियाकोमोले गोल गर्दै इटालीलाई जित दिलाए ।

अब फ्रान्सले अर्को खेल सेप्टेम्बर १० मा बेल्जियमसँग खेल्नेछ भने इटालीले सेप्टेम्बर १० मै इजरायलसँग खेल्ने छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ८ : २४ बजे

काँकरभिट्टाबाट नाकाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका

धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान

काठमाडौं – धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान खुलेको छ।

नेवार समुदायमा योमरी पुन्हीको महिमा

काठमाडौं – नेवार समुदायको परम्परागत संस्कृतिमा योमरी पुन्ही एक विशेष

दूध पिउन जाने अमृत, नजाने विष : डा. ओम मूर्ति

हाम्रो भान्सामा दैनिक प्रयोग हुने दूध स्वास्थ्यका लागि कति फाइदाजनक

होटलको छतबाट खसेर किशोरीको मृत्यु

चितवन – चितवनको रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको