अमेरिकामा जनावरको सम्पर्क बिना पनि बर्डफ्लु सङ्क्रमण पुष्टि « Khabarhub

अमेरिकामा जनावरको सम्पर्क बिना पनि बर्डफ्लु सङ्क्रमण पुष्टि


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकाको मिसौरी राज्यमा बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआइकन पनि एक व्यक्तिमा बर्ड फ्लु सङ्क्रमण देखिएको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र अन्तर्गतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सिनियर सर्भिसेज’का अनुसार ती वयस्क बिरामीलाई अगस्ट २२ मा अस्पताल भर्ना गरिएको थियो । बिरामीलाई इन्फ्लुएन्जाविरुद्ध एन्टिभाइरल औषधि दिएपछि निको भएको र अस्पतालबाट डिस्चार्ज गरि सकिएको जनाइएको छ । 

प्रारम्भिक परीक्षणमा बिरामीको फ्लुको प्रकार शंकास्पद देखिएकाले यसलाई राज्य र सङ्घीय प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको थियो । परीक्षणबाट ती बिरामीलाई यो एच–५ ९बर्ड फ्लु० भएको पुष्टि भएको छ ।

यो वर्ष अमेरिकामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुने उनी १४ औं व्यक्ति थिए भने जनावरहरूसँगको सम्पर्क बिना बर्ड फ्लु पुष्टि हुने उनी पहिलो व्यक्ति थिए।

‘मिसौरीमा दुधका लागि पालिएका गाईहरूमा एच ५ सङ्क्रमण रिपोर्ट गरिएको छैन’, मिसौरी स्वास्थ्य विभागले भनेको छ, ‘यद्यपि ‘व्यावसायिक वा घरको आँगनमा पालिने केही पक्षीहरूको समूह वा जङ्गली चराहरूमा बर्ड फ्लु सङ्क्रमण भएको भने पुष्टि भएको छ । 

सन् २०२२ मा बर्ड फ्लुका सबै घटना हरू फार्मवर्कर्समा थिए, जसमा पहिलो पटक पनि समावेश थियो।

बर्डफ्लु सबैभन्दा बढी जङ्गली चरा चुरुङ्गी र कुखुरामा पाइन्छ, तर पछिल्लो समय स्तनधारी जनावरमा पनि देखिएको छ । यस वर्ष देशभर बर्डफ्लुको प्रकोप गाईवस्तुमा पनि देखिएको छ। 

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  १ : २६ बजे

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

राजश्व कार्यालय तुलसीपुरबाट चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

दाङ– आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष (आव)२०८२–८३ मा

झापा र पूर्वी पहाडी जिल्लामा १४ किलोमिटर बढी तटबन्ध निर्माण

झापा– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले आर्थिक वर्ष २०८२–८३

विवाद, राजनीति र व्यापारका बीच सकियो विश्वकप: भर्डेको चमत्कारदेखि ट्रम्पको हस्तक्षेपसम्म

काठमाडौँ – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिका, मेक्सिको र क्यानडाले

तयारी पोशाक उद्योगीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका