फिल्म ‘लाज शरणम्’को छायाङ्कन डोल्पाबाट सुरु « Khabarhub

फिल्म ‘लाज शरणम्’को छायाङ्कन डोल्पाबाट सुरु


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’को छायाङ्कन सुरु भएको छ । पहिलो चरणको छायाङ्कन शनिबार डोल्पामा सुरु गरिएको हो ।

कलाकार विजय बराल र अर्जुन घिमिरे ‘पाँडे’ले मुहूर्त सर्ट दिएका हुन् । फिल्मका मुख्य कलाकार हरिस निरौला ‘क्रकोच’का अनुसार डोल्पाको छायाङ्कन तालिका २० दिनको रहेको छ ।

दोस्रो चरणको छायाङ्कन काठमाडौं र अन्य केही जिल्लामा हुने हरिसको भनाइ छ । जम्मा ५० दिनमा छायाङ्कन सक्ने निर्माण पक्षको योजना छ ।

फिल्ममा विजय, पाँडे, सागर लम्साल ‘बले’, कमलमणि नेपाल, माला लिम्बू, वरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ र अर्पण थापा मुख्य भूमिकामा छन् ।सक्किगोनिका पूर्वकालकार प्रियना आचार्य ‘मुन्नी’ यसै फिल्मबाट ठूलो पर्दामा डेब्यू गर्दै छन् ।

जेपीटी क्रिएसनको प्रस्तुती रहने यस फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल ‘जिग्री’ हुन् । फिल्मका निर्माता नवीन श्रेष्ठ र सह-निर्माता रामनरेश शाह हुन् ।

फिल्मको प्रदर्शन मिति फागुन १४ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ५ : ३३ बजे

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी