अध्यक्ष माधवकुमार नेपाल स्वदेश फिर्ता « Khabarhub

अध्यक्ष माधवकुमार नेपाल स्वदेश फिर्ता


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फिर्ता भएका छन् ।  

अध्यक्ष नेपाल यहीँ भदौ १६ गते रुस प्रस्थान गरेका थिए । शनिबार दिउँसो साढे १२ बजे अध्यक्ष नेपाल काठमाडौँ आइपुगेको अध्यक्षका स्वकीय लक्ष्मण रेग्मीले जानकारी दिएका छन् ।

मल्टी पोलारिटी फोरम विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल रुस पुगेका थिए । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म चलेको थियो। साथै अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा पनि भाग लिएका थिए । 

रुसमा सम्पन्न कम्युनिष्ट नेताहरूको बैठकमा भाग लिन पुगेका अध्यक्ष नेपालले चीन, रुसलगायत देशका कम्युनिष्ट नेताहरुबीचको बैठकमा समते भाग लिएका थिए । 

अध्यक्ष नेपाल स्वदेश फर्किएसँगै पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्जसहितको जिम्मेवारी तोकिने तयारी रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ५ : ५० बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको