रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : उपसभापति अर्याल | Khabarhub Khabarhub

रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : उपसभापति अर्याल


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको सफलता देखेर लखेट्ने काम भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर गरेका कामकारवाहीबाट तर्सिएर पुराना भनिएका दलहरूले लखेट्ने गरेको बताएका हुन् ।

उनले रास्वपाप्रति जस्तो टिकाटिप्पणी भएपनि पार्टी स्थापनाका समयमा गरेका प्रतिवद्धतालाई नभुलेको भन्दै थप परिस्कृत भएर अघि बढेको उल्लेख गरे ।

उनले रास्वपा अरु पार्टी भन्दा धेरै भिन्न रहेको र यसको नीति र योजना स्पष्ट रहेको जिकिर गरे । रास्वपाका कुनै पनि नेताले व्यक्तिगत स्वार्थ नहेरी देश र जनताका लागि योगदान दिने उनको भनाइ छ । 

अर्यालले देश बनाउने रास्वापको अभियान संविधान भित्र टेकेर अघि बढाइने बताए । 

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ६ : २२ बजे

रैथाने बाली विकासमा मन्त्रालय लागि परेको छ : कृषिमन्त्री

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले रैथाने बाली

भारतीय उद्यमीलाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीकाे आह्वान

नयाँ दिल्ली– परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमी

बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला

घोडाघोडी– टीकापुर नगरपालिका– १५ कि अञ्जली थापा बिहान घरको कामधन्दा

कार्यालय समयमा नपुग्ने चिकित्सकलाई कारबाही गरिने

काठमाडौं– कार्यालय समयमा चिकित्सकहरू उपस्थित नभएको पाइए कारबाही गर्ने स्वास्थ्य

पुस तेस्रो साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलले संशय