ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको तयारी पूरा « Khabarhub

ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको तयारी पूरा


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको तयारी पूरा गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं १२ ले प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन दर्शनार्थी महिलाको सुरक्षा, भीड व्यवस्थापनका लागि बन्दोबस्त, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्दिर तथा त्यसआसपास क्षेत्रका सम्पदास्थलमा समेत सरसफाइ गरिएको छ ।

आज राति १२ बजेदेखि नै मन्दिर दर्शनका लागि खुला गरिने भएकाले वडाध्यक्ष बालकृष्ण महर्जनले मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मी, नेपाल स्काउटलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरिएको जानकारी दिए ।

तीजमा व्रत बसेका महिलाले मन्दिरमा दर्शनका साथै पञ्चमीको पूजासमेत गराउने व्यवस्था मिलाइएको छ । भक्तजनको सुरक्षाका लागि लाइन रहेको ठाउँमा प्रहरी खटाइने छ ।

कुनै पनि भवितव्य तथा आपतकालीन अवस्थामा उच्च सतर्कता अपनाएर एम्बुलेन्सको व्यवस्था तथा प्रारम्भिक स्वास्थ्य जाँचसम्बन्धी शिविर र अशक्त तथा वृद्धवृद्धालाई सहज रूपमा दर्शनको व्यवस्था मिलाइएको वडाध्यक्ष महर्जनले जानकारी दिए ।

यस्तै, आइतबार टेकुदेखि कुलेश्वर र सानेपा निस्कने सवारीसाधन सञ्चालनमा रोक लगाइएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ८ : १८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल