चितवनमा पाँच जनाभन्दा बढी एकै ठाउँ भेला हुन निषेध (विज्ञप्ति सहित) « Khabarhub

चितवनमा पाँच जनाभन्दा बढी एकै ठाउँ भेला हुन निषेध (विज्ञप्ति सहित)


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

आइतबार बसेको सुुरक्षा समिति बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि तोकिएका ठाउँमा पाँच जनाभन्दा बढी एकै ठाउँमा भेला नहुन आदेश गरेको छ ।

प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदा गर्न खोजे कडा कारवाही गरिने जनाएको छ ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा हिरासतमा रहेको रवि लामिछाने समर्थकले केही दिन यता रविको रिहाईका लागि प्रदर्शन चर्काउँदै गएपछि स्थानीय प्रसाशनले सुरक्षा व्यवस्था कडा बनाएको हो ।

यस्तो छ सूचना 

यसैबीच, रवि लामिछाने सहित तीन जनालाई आइतबार बयान नसकिएपछि न्यायिक हिरासतमा पठाइएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै टेलिभिजनकर्मी रवि लामिछाने, अस्मिता कार्की र युवराज कंडेलविरुद्ध जिल्ला अदालत चितवनमा आरोप पत्र दायर गरेको थियो ।

उनीहरुको मुद्दा दर्ता भएसँगै सुरु भएको बयान नसकिएपछि उनीहरुलाई  प्रहरी हिरासतमै पठाइएको हो । न्यायाधीश हेमन्त रावलको इजलासमा अस्मिता कार्कीको बयान गराइएको छ । समय अभावले आज लामिछाने र कंडेलको बयान हुन सकेन ।

सोमबार बिहानबाट हुने उनीहरुको बयान सकिएपछि अदालतमा थुनछेक बहश शुरु हुनेछ। थुनछेक बहसपछि अदालतले उनीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने, तारेखमा वा धरौटीमा रिहा गर्ने भन्ने निर्णय गर्नेछ।

सरकारी वकिलले दर्ता गराएको मुद्दामा उनीहरुलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने माग गरिएको छ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १० : ४८ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज